एमएए डिएफडब्लु च्याप्टरले शनिवार परम्परागत शैलीमा दशैं, तिहार र छठ विषेश साँस्कृतिक कार्यक्रम गर्दै

मधेशी एशोसियशन अफ अमेरिका (एमएए) डिएफडब्लु च्याप्टरले टेक्ससमा पर्वमय साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । एमएएलेले अक्टोबर ८ शनिबार साँझ दशैं, तिहार र छठ पर्व विषेश साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो ।

टेक्ससको ई ट्रिनिटी मिल्स स्थित रुचि प्यालेसमा आयोजना हुने यस कार्यक्रम मुख्य पर्वका रुपमा रहेको दशैं तिहार र छठको परम्परा र संस्कृतिको महत्व दर्शाउने उदेश्य सहित आयोजना हुने भएको हो ।

कर्यक्रममा उपस्थित हुनेहरुलाई सम्भव हुँदा सम्म परम्परा झल्कने पोशाकमा उपस्थित हुन अनुरोध गरेको एमएएले साँस्कृतिक प्रदर्शन गर्न ईच्छुकहरुका लागि पनि सम्पर्क गर्न अनुरोध गरेको छ ।

शनिबार मध्यान्न ४ बजेबाट सुरु हुने कार्यक्रम मध्यरात १२ बजे सम्म चल्ने छ । ८ घण्टा लामो यस कार्यक्रममा सहभागी हुन चाहनेहरुका लागि सम्पर्क नं.हरु पनि एमएएले सार्वजनिक गरेको छ ।

कार्यक्रम पारिवारिक सम्बन्धको महत्व बोकेका पर्वहरु दशैं तिहार र छठ लक्षित भएकाले सम्भव भएमा परिवार सहित सहभागिता जनाउन अनुरोध गरेको आयोजक कमिटीले सहभागिता सहजिकरणका लागि विजेन शाह, पिंकी यादव, प्रमोद यादव, राकेश यादव लगयतको सम्पर्क नं. सार्वजनिक गरेको छ ।

कार्यक्रमबारे थप जानकारीका लागि 

स्थान

Ruchi Palace Indian Cuisine
3128 E Trinity Mills Rd, Carrollton, TX 75006

When:
4:00 PM to 12:00 AM
Saturday, October 8, 2022

Contact No:
Pinky yadav : 817-363-6406
Bjen shah : 806-437-9022
Pramod yadav : 972-916-8797
Rakesh yadav : 469-733-2208 — with Rakesh Yadav and 19 others

TOP