ईयू आबद्ध देशका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि मोबाइल फोन प्रयोग गर्न पाउने
युरोपेली युनियनमा आबद्ध देशभित्रका हवाई यात्रुले उडिरहेको विमानभित्र पनि मोबाइल फोन प्रयोग गर्न पाउने भएका छन् । युरोपेली आयोगले जनाए अनुसार अव ईयू युनियनमा आबद्ध देशभित्रका यात्रुले उडिरहेको विमानमा आबद्ध देशका यात्रुले हवाई यात्रामा कम गतिको डेटा सहितको मोबाइल फोन प्रयोग गर्न पाउने भएका हुन् ।
यो सुविधा लागु भएपछि यात्रुले उडिरहेको विमानबाट पनि फोन गर्न र मोबाइल डेटाबाट गीत, सङ्गीत सुन्न र भिडिओ पनि हेर्न सक्नेछन् ।
युरोपेली सङ्घका सदस्य देशहरूलाई विमानका लागि फाइभ जी फ्रिक्वेन्सी उपलब्ध गराउने यस निर्णयपछि अव विमानका यात्रुले अब आफ्नो मोबाइललाई ’फ्लाइट मोड’ मा राख्न नपर्ने भएको छ ।
बीबीसीमा उल्लेख भए अनुसार अमेरिकामा फाइभ जी फ्रिक्वेन्सीले विमानको उचाइ मापानमा समस्या हुने, उडानहरू प्रभावित गर्न सक्ने चिन्ता व्यक्त गरिए पनि युरोपेली सङ्घका देशमा यसले कुनै समस्या नहुने बताईएको छ ।
आगामी वर्षको जुन ३० सम्म यो सेवा उपलब्ध गराईने बताईएको भएपनि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने बारे स्पष्ट भने भै सकेको छैन ।