Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

गलत उपचारबाट किशोरीको मृत्यु भएपछि फरार रहेका नक्कली डाक्टर पक्राउ

महोत्तरी ११ चैत: महोत्तरीको बर्दिबासबाट नक्कली चिकित्सकलाई पक्राउ परेका छन् । उपचारका क्रममा १९ बर्षिया किशोरीको ज्यान गएपछिको छानविनमा बर्दिबासस्थित साझा कान्तिपुर डेन्टल प्रा.लि.सञ्चालक दिलिप भनिने सञ्जय कुमार महतो पक्राउ परेका हुन् ।

आफु दन्त चिकित्सक भएको दावि गर्दै डेन्टल प्राली नै दर्ता गरेर संचालक रहेका महतोले दुई वर्ष अघि धनुषाको मिथिला नगरपालिका वडा नं.–९ की १९ वर्षीय रानी सिंह महतोको दाँत उखेलेका थिए । उनलाई यस बिषयमा ज्ञान नभएका कारण किशोरीको दाँतबाट अत्यधिक रक्तस्राव भएर मृत्यु भएको थियो ।

घटनापछि फरार उनिमाथीको अनुसन्धानले उनि चिकित्सक नरहेको र लापरवाहीका कारण किशोरीको ज्यान अभियोगमा महोत्तरी जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी पश्चात् प्रहरीले लुकिछिपी रहेको अवस्थामा बर्दिबास बजारबाट महतोलाई पक्राउ गरेको हो ।

TOP