Trending

एनआरएनए आईसिसि अध्यक्ष पदमा उपाध्यक्ष महेश श्रेष्ठले उम्मेदवारी दिने

गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष महेश श्रेष्ठले आगामी अक्टोवर महिनामा हुने निर्बाचनमा अध्यक्ष पदमा दावी रहने बताएका छन । जापानमा बसोवास गर्दै आएका आईसिसि उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गर्दै आफ्नो सकृयता समेत बढाएका छन ।
म बिगत लामो समयदेखि एनआरएन अभियान निरन्तर सँलग्न छु । आफुले एनआरएनए अभियानबाट प्राप्त गरेको ज्ञान अनुभवलाई गैर आवासीय नेपाली समुदायको हितमा प्रयोग गर्न चाहान्छु । उपाध्यक्ष भई सकेको ब्यक्ति भएकाले अध्यक्ष पदमा मेरो उम्मेदवारी स्वभाविक पनि हो – उपाध्यक्ष श्रेष्ठले बताउनु भयो ।
आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने सन्दर्भमा बिभिन्न देशका राष्ट्रिय समन्वय परिषदसँग परामर्श गरिरहेको बताउदै अध्यक्ष श्रेष्ठले आफुलाई बहुमत एनसिसिको समर्थन रहेको दावी गर्नु भयो ।
श्रेष्ठले गैरआवासीय नेपाली सँघलाई सुधार गरि सबै अट्ने साझा सँस्था बनाउने, नेपाली नागरिकताको निरन्तरताको सवाल र बिभिन्न देशका एनसिसिहरुको सवालहरुको आधारमा साझा मुद्दा पहिचान गरि अन्तराष्ट्रिय सवाल बनाउने जस्ता बिषय आफ्ना एजेण्डा रहेको बताए ।
यसै गरि गैरआवासीय नेपाली सँघ अन्तराष्ट्रिय समन्वय समितिका महासचिब डा केशब पौडेलले पनि बिभिन्न सन्चार माध्यम मार्फत अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरि सकेका छन ।

TOP