Trending
युएस खबर संवाददाताकाठमाडौँ महानगरको श्रम बैंक मार्फत ९१२ जनाले पाए रोजगारी युएस खबर संवाददातारुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु युएस खबर संवाददाताट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपतिको उम्मेदवार युएस खबर संवाददाताकाभा यू-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ युएस खबर संवाददाताअमेरिका बस्ने बुढाथोकीको सहयोगमा क्यास एपबाट अबैध कारोबार गर्ने ५ जना पक्राउ युएस खबर संवाददाताचौंथो पटक युरोकप जितेर स्पेनले बनायो विश्व कीर्तिमान युएस खबर संवाददातानवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ युएस खबर संवाददाताकोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

दक्षिण कोरियामा विमान अवतरण हुनुअघि ढोका खोलिदिने एक जना यात्रु पक्राउ

दक्षिण कोरियामा विमान अवतरण हुनुभन्दा पहिले नै विमानको ढोका खोलिदिएपछि एक जना यात्रु पक्राउ परेका छन् ।

दक्षिण कोरियाको दक्षिणी टापु जेजुबाट देगु अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको एसियाना एअरलाइन्सको विमानको ढोका खोलिदिएको आरोपमा झन्डै ३० वर्षका पुरुषलाई पक्राउ गरेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विमानमा एक सय ९४ जना यात्रु थिए । ढोका खुले पनि विमान सुरक्षितरूपमा अवतरण भएको छ । केही यात्रुले रोक्ने प्रयास गर्दा गर्दै एक यात्रुले विमानको आपत्कालीन ढोका खोलिदिएका दक्षिण कोरियाली यातायात मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ती व्यक्तिले कुन उद्देश्यले ढोका खोले भन्नेबारे खुलाइएको छैन ।

घटनापछि यात्रुहरू आत्तिएका थिए । श्वासप्रश्वासमा अफ्ठ्यारो भएका यात्रुहरूलाई अस्पताल लगिएको छ । विमानमा बालबालिकाहरू समेत थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

 

TOP