Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

युएईले दियो सिङ्गापुरलाई चार सय ७२ रनको विशाल लक्ष्य

एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई जितका लागि चार सय ७२ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरसस्थत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै चार सय ७१ रनको योगफल तयार गरेको हो । युवा ब्याटर वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रनको योगदान दिए । एक सय ३३ बल खेलेका उनले १७ चौका र सात छक्काको मद्दतमा एक सय ७४ रन जोडेका हुन् ।

त्यसैगरी युएईका कप्तान मोहम्मद वासिमले एक सय ६० रन जोडे । उनले ८२ बलमा नौ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाएका हुन् । आयन अफजल खानले ७४ रन बनाए । उनले ५० बलमा नौ चौका तीन३ छक्कासहित ७४ रन बनाएका हुन् ।

यस्तै युवा ओपनर आर्यन लाक्रा सात बलमादुई २ चौकासहित १२ रनमा आउट भए । आसिफ खान ११ तथा रोहन मुस्तफा तीन रनमा आउट भए । बलिङतर्फ सिङ्गापुरका आदित्य भर्गवले चार विकेट लिए भने रमेश कलिमुथुले तीन विकेट हात पारे । त्यस्तै विनोथ भास्करनले दुई विकेट लिदाँ मनप्रित सिंहले एक विकेट लिए ।

 

TOP