अस्टिन एभरेष्ट लायन्स क्लबको होस्टमा अस्टिन नेपाली सामुदायिक केन्द्रमा डिस्ट्रिक्ट मिटिंग
अस्टिन एभरेष्ट लायन्स क्लबको होस्टमा अस्टिन नेपाली सामुदायिक केन्द्रमा डिस्ट्रिक्ट मिटिंग सम्पन्न भएको छ । अस्टिन आसपासमा रहेका २५ क्लबको सहभागीता डिस्ट्रिक्ट मिटिंग सम्पन्न भएको हो ।
नेपाल र नेपाली पहिचान झल्कने भेषभुषा सहितको सांस्कृतिक कार्यक्रमले सबैको ध्यान केन्द्रित गरेको थियो । अस्टिन एभरेष्ट लायन्स क्लबले होस्ट गरेको लायन्स डिस्टीक 2-S3 मिटींगमा नेपाली बालबालीकाले नेपाली भेषभुषा सहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । अस्टिन नेपाली सामुदायिक केन्द्रमा आयोजना गरिएको कार्यक्रमले २५ क्लवका सहभागी र डिस्ट्रिक्ट नेतृत्व बिच राम्रो प्रभाव र सम्वन्ध कायम गर्न सफल भएको होस्ट क्लबले जनाएको छ ।
अस्टिन एभरेस्ट लायन्स क्लब कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था तथा लायन्स क्लबहरुलाई धन्यबाद ज्ञापन समेत गरेको छ ।