Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

एमसीसीका विषयमा एमाले अध्यक्ष ओलीले झुटो बोलेकाे माओवादी नेता नारायणकाजीको आरोप

काठमाडौं,१ साउन ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेको बताएका छन् ।

श्रेष्ठले अमेरिकाले दबाव दिएपछि ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा पेश गरेको बताएका हुन् ।

श्रेष्ठले फेसबुकमा लेखेका छन् ‘पछिल्लो पटक क. केपी प्रम हुनुभएपछि एमसीसी अमेरिकाले संसदबाट अनुमोदनका लागि नेपाल सरकारलाई औपचारिक पत्र पठायो र केपी सरकारले संसदबाट अनुमोदनका लागि प्रकृया अघि बढायो ।’

ओलीले शनिबारको कार्यक्रममा अहिले संसद कमजोर भएकाले एमसीसी पारित गरेको बताएका थिए । माओवादी नेता श्रेष्ठले ओलीको उक्त भनाइको पनि खण्डन गरेका हुन् ।

TOP