ब्राजिलमा अविरल बर्षा: १० जनाको मृत्यु – कयौं बेपत्ता
ब्राजिलमा पछिल्लो २४ घण्टायता परेको अविरल बर्षाका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ भने दर्जनौं घाईते भएका छन् । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा आएको अविरल बर्षा पछिको पहिरोमा पुरिएर एकै दिनमा १० जनाको मृत्यु भएको हो ।
अनवरत रुपमा आएको पानीले एक दिनमै बिभिन्न स्थानमा नियन्त्रण बाहिरको पहिरो जान थालेपछि एकै परिवार तथा छुट्टा छुट्टै परिवारका गरि पहिरोमा पुरिएर उनिहरुको जयान गएको हो ।
बालबालिका समेत पुरिएको पहिरो पन्छाउने काम भै रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । बर्षा नरोकिदाँ उद्धार कार्यमा कठिनाई भै रहेको अन्तराष्टिय संचार माध्यमले जनाएका छन् ।
पहिरोमा पुरिएर कयौं मानिस घाईते र बेपत्ता रहेको यस घटनापछि ब्राजिल सरकारले बर्षा नरोकिंदा सम्म सुरक्षित तवरले रहन नागरिकलाई आह्वान गरेको छ ।
वर्षा र पहिरोका कारण, बिद्युत, यातायात लगायतका सेवा अवरुद्ध हुनुका साथै ठुलो संख्यामा भौतिक संरचनाहरु पनि भत्किएका छन् ।