प्रकाशमानलाई पछि पार्दै काठमाडौं – १ मा राप्रपाका रविन्द्र मिश्रको अग्रता
काठमाडौं क्षेत्र नं. १ मा राप्रपाका रविन्द्र मिश्रको अग्रता देखिएको छ । अपरान्ह ४ः१५ मा सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्र नं.
१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका रविन्द्र मिश्रको अग्रता देखिएको हो ।
पछिल्लो मत गणना अनुसार मिश्रले २ हजार ४ सय १७ मत सहित अग्रता लिएका हुन् ।
कांग्रेसका सिंह २ हजार ३ सय ०२ मत सहित दोस्रो स्थानमा छन् भने एमालेका किरण पौडेल १ हजार ४ सय ४० मत प्राप्त तेस्रो स्थानमा रहेका छन् ।
चौंथो स्थानमा रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ले १ हजार ३ सय ६५ मत प्राप्त गरेका छन् ।