अमेरिकी राजनितिमा प्रवेश गर्दै गरेका प्रभावशाली नेपाली उम्मेदवार – मोहन ज्ञवाली
अमेरिकी राजनितीमा प्रवेश गर्दै गरेका मोहन ज्ञवाली नेपाली समुदायमाझ सकारात्मक छवि स्थापित गर्न सफल नाम हो । आगामी मे महिनामा हुने निर्वाचनमा टेक्सास राज्यको यूलेशबाट सिटी काउन्सिलको प्लेस–३ का लागि उमेद्वारी दर्ता गरेर चुनावी अभियानमा रहेका ज्ञवाली अमेरिकी राजनितिमा प्रवेश गर्दै गरेका प्रभावशाली नेपाली उमेद्वार हुन् ।
नेपालको अर्घाखाँची जिल्लामा जन्मिएका ज्ञवाली गण्डकी बोर्डिङ स्कुल पोखराबाट एसएलसी, अमृत साईन्स (अस्कल) क्याम्पस ठमेलबाट प्रमाण पत्र तह र पुल्चोक ईन्जिनियरिङ क्याम्पसबाट स्नातक गरेपछि आज भन्दा २६ बर्ष पहिले अमेरिका आएका हुन् ।
उनि जन्मिएको लामो समय सम्म उनको गाउँ अर्घखाँचीको चिदिका गाविसमा मोटरबाटो गएको थिएन । करिव १३ बर्षको उमेरमा पहिलो पटक मोटर गाडीका नाममा देखेको ट्याक्टर ज्ञवाली विर्सदैनन् । उनका बिचारमा सफलताले भौतिक रुपमा जति नै सम्पन्न बनाएपनि मानिसले उसको धरातल बिर्षन हुँदैन, त्यसैले सायद, ज्ञवाली मातृभूमि नेपाल र नेपाली जनता अप्ठ्यारोमा पर्दा सधैं अग्रपंतmीमा रहेर सामाजिक सक्रियता निर्वाह गर्दै गरेको भेटिन्छन् ।
नेपाल रहँदाबाट नै बिभिन्न सरकारी तथा गैर सरकारी कार्यलय तथा संघ संस्थमा १३ बर्ष बिताएका ज्ञवालीले तत्कालिन समय युनाईटेड मिसन टु नेपाल, कियर ईन्टरनेशनल ईन नेपाल लगायतका चर्चित विदेशी निकायसंग महत्वपूर्ण जिम्मेवारिमा रहेर काम गरेका थिए । यहि शिलशिलामा नेपालको कर्णाली प्रदेशका जुम्ला , हुम्ला, कालिकोट, मगु जाजरकोट देखी झापा, मुस्तागं सोलुखुम्बु लगायतका जिल्लाका सामाजिक र मानसिक अवस्थालाई नजिकबाट जान्ने मौका पाएका उनको समाजसेवाको यात्रा पनि नेपालबाट नै सुरु भएको हो ।
जति नै सम्पन्न देशमा बसेपनि जन्मेको माटो सबैका लागि प्यारो हुने बताउँछन् ज्ञवाली । भौगोलिक रुपमा टाढा भएपनि मातृभुमि दुख्दा प्रवासी नेपालीको ह्रदय दुख्ने बताउने उनले भूकम्प, बाढिपहिरो लगायतका विपद्का समयमा सहयोगको पहल गर्दै आएका छन् भने उनिसंगै गण्डकी बोडिङ्गमा अध्ययन गरेका अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशमा रहेका स्कुले सहकर्मीहरु आवद्ध ‘एक्स गण्डकी बोडिङ स्टुडेन्ट एसोसियशन‘ले कोरोना महामारीका समय काठमाडौंको वीर अस्पताल, टिचिङ अस्पताल लगायत पोखरा, बुटवल हुम्ला, डोटी, झापा, बाग्लुङ लगायतका जिल्ला क्वारेन्टाईन देखी औषधोपचारमा सहयोग गरेको थियो ।
सन् १९९६ मा अमेरिका आएका ज्ञवाली लामो समय न्यूयोर्कमा समेत रहेका थिए । अमेरिका आएको सुरुवाती समयबाट नै सामाजिक कर्ममा सक्रिय उनि न्यूयोर्कको रिजउडमा नेपाली बस्ती बसाल्न सफल व्यक्ती समेत हुन् भने बालबालिकालाई नेपाली भाषा अध्ययन, अंग्रेजी कक्षा सञ्चालन, निःशुल्क स्वास्थ्य शिविर, रोजगारको प्रबन्ध लगायतका महत्वपूर्ण कार्यमा पुर्याएको योगदान स्वरुप ज्ञवालीलाई न्यूयोर्क सिटीले सम्मान पनि गरेको थियो ।
आप्रवासी नेपालीका समस्या समाधानका लागि राजनितिक चेतको आवश्यकता रहने हुँदा अमेरिकामा राज्य सत्ताबाट नेपालीलाई दोस्रो दर्जा र त्यो भन्दा पनि कम दर्जामा आँकलन हुने यथार्थलाई परिवर्तन गर्ने प्रतिवद्धता सहित चुनावी अभियानमा निस्किएका ज्ञवालीका अनुसार राजनिती त्यो कुरा हो जसले आफ्नो समस्या र विचार राज्य सत्ता सम्म पुर्याउन सक्छ, तसर्थ प्रभावकारी प्रभावका लागि अमेरिकामा आर्जित ज्ञान, सिप, ज्ञमताको विस्तार गर्दै नेपाल र नेपाली समुदायको विकासतर्फ ज्ञवालीको जोड रहेको देखिन्छ ।
हिमालयन डेमोक्रयाटिक क्लव न्यूयोर्क सिटीका पूर्व अध्यक्ष, रोटरी क्लव अफ न्युयोर्क, एभरेष्ट फेटरल के्रेडिट युनियन, हिमालयन डेमोक्राटिक क्लव लगायतका बिभिन्न संघ—संस्थाको स्थापना र कुशल नेतृत्व समेत निर्वाह गरेका ज्ञवालीले अमेरिकाका प्रत्यक राज्यबाट नेपालीहरुले अमेरिकी राजनितिमा चासो देखाउनु पर्ने तथा प्रकृया पुगेका नेपालीले उमेद्वारी पनि दिनु पर्ने तर्फ जोड दिंदै आएका उनको हिमालयन डेमोक्राटिक क्लवले अमेरिकामा नेपालीको राजनितिक प्रवेशका लागि आवश्यक परामर्ष र पहल गर्दै आएको संस्था हो ।
प्रवासी भूमिमा नेपालीले जनाउने यस प्रकारका उपस्थितीले सिङ्गो मातृभूमिको परिचयलाई संरक्षण र विस्तार गर्नमा महत्व अर्थ राख्ने हुँदा आफ्नो उमेद्वारीलाई व्यक्तीगत उमेद्वारीका रुपमा नबुझ्न पनि अनुरोध गर्दै आएका उनि २६ बर्ष पहिले न्यूयोर्क आउँदा रिजउडमा नेपालीको संख्या अत्यन्त न्यून रहेको थियो । रिजउड नेपलिज सोसाईटीका संस्थापक अध्यक्ष ज्ञवाली अमेरिकामा सफल व्यापारीका रुपमा समेत परिचित छन् । अमेरिका नेपाल चेम्बर अफ कर्मशको संस्थापक अध्यक्ष, क्वीन्स बोरोको कम्युनिटी बोर्डका साथै प्रस्थावित एभरेष्ट फेडेरल क्रेडिट युनियनका अध्यक्ष समेत रहेका उनिद्वारा संचालित माउण्टएभरेष्ट नेल्समा अहिले सम्म सयौंले रोजगारी पाएका छन् ।
आगामीे मे महिनामा हुने सिटी निर्वाचनमा युलेस सिटीका ३७ हजार मतदाताले मताधिकार प्रयोग गर्न पाउने भएकाले पनि उनको जीतको संभावना बलियो देखिन्छ । यतिवेला चुनावी अभियानमा रहेका ज्ञवालीले आफु बिजयी हुन सके कार्यगत क्षेत्राधिकार भित्र रहेर सडक, पूर्वाधार, पार्क, खोल मैदान लगायतको विस्तार तथा सुधारमा आफुलाई केन्द्रित राख्ने बताएका छन् ।
एनआरएन अमेरिकाका बोर्ड अफ डाईरेक्टर समेत रहेका ज्ञवाली न्यूयोर्क सिटी कम्पोट्रलरबाट साउथ एशिएन हेरिटेज अवार्ड, लगायतका दर्जनौं अवार्ड तथा सम्मान प्राप्त समाजसेवी हुन् ।