Trending

प्रचण्डलाई कोरोना संक्रमण भएपछि सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन छोरी गंगाको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टी भएपछि प्रचण्ड पुत्री गंगा दाहालले सबैलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेकी छन् । प्रचण्ड पुत्री गंगाले सामाजिक संजाल फेसबुक मार्फत प्रचण्डलाई कोरोना संक्रमण भएको जानकारी दिंदै उनको सम्पर्कमा रहेका सबैले स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेकी हुन् ।

प्रचण्डको निजी सचिवालयका तर्फबाट गंगाले लेखिएको स्ट्याटसमा शुक्रबार गरिएको प्रचण्डको पिसिआर परिक्षणमा कोरोना पुष्टी भएको र उनि यतिबेला आफ्नै निजी निवासमा आराम गरीरहेको जानकारी दिइएको छ ।

चिकित्सकको सल्लाह बमोजिन प्रचण्ड आईसोलेशनमा बस्नु पर्ने भएकाले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी दिंदै भनिएको छ  ‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केहि असहजता देखिएकोले हिजो बेलुकी  PCR परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ। उहाँ अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहनु भएको र स्वास्थ्य अवस्था सामान्य छ। यो बीचमा उहाँको सम्पर्कमा रहनु भएका सबैले सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं। डाक्टरको सल्लाह अनुसार आइसोलेशनमा बस्नुपर्ने भएकोले पूर्वनिर्धारित सम्पुर्ण कार्यक्रमहरु स्थगित गरिएको जानकारी गरॉउदछौं।’

TOP