Trending
युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी युएस खबर संवाददाताभक्तपुरका नेवार समुदायले भोलि नै भाइटीका लाउने युएस खबर संवाददाताइंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित युएस खबर संवाददाताराति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना युएस खबर संवाददातारविलाई तिहारलगत्तै बुटवल लगिने युएस खबर संवाददाताउपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने

कोभिडमा कतार एयरवेजको ऐतिहासिक सफलता : १ वर्षको नाफा-१ अर्ब ४ करोड अमेरिकी डलर

कोभिड पेण्डामिकका कारण अन्य ठुला आर्थिक व्यवसाय साथै धेरै एयरवेज कम्पनी घाटामा रहेपनि कतार एयरवेजले भने हाल सम्म कै उच्च नाफा कमाएको छ । बिहीवार कतार एयरवेजले आर्थिक वर्ष २०२१ २२आफ्नो नाफा बिवरण सार्वजनिक गर्दै एक अर्ब चार करोड अमेरिकी डलर नाफा भएको बताएको हो ।

छोटो समयमा अहिले सम्मकै ठुलो नाफा हासिल गरेको कतार एयरवेजले अघिल्लो आर्थिक वर्षको तुलनामा २ सय प्रतिशतले आफ्नो नाफा बृद्धी गरेको हो ।

आफ्नो २५ वर्षे इतिहासमा पहिलो पटक यति धेरै नाफा कमाएको कम्पनीसंग हाल २ सय ५० वटाभन्दा धेरै विमान रहेको छ भने कम्पनीले सबै महत्वपूर्ण सहित संसारका १ सय ४० भन्दा धेरै गन्तव्यमा उडान भर्दै आएको छ ।

कोरोनाको समय धेरैजसो चार्टर्ड र कार्गो सेवालाई निरन्तरता दिएको कतार एयरवेज समूहका प्रमुख कार्यकारी अकबर अल बकरका अनुसार यो नाफा सन् २०२१२२ मा संसारका कुनै पनि एयर लाइन्सको भन्दा उत्कृष्ट नाफा हो ।

कम्पनीले उडान गर्ने हरेक अवसरलाई अधिकतम बनाउँदै लैजाने र नयाँ–नयाँ गन्तव्यको खोजी भइरहेको पनि जनाएको छ ।

TOP