श्रेष्ठले बनाए विश्व किर्तिमान, प्रमाण प्रत्र मन्त्री अथकद्धारा हस्तान्तरण
काठमाण्डौं, ४ माघ : विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल हुनुभएको छ । बाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानी माथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गराउन सफल हुुनुभएको हो ।
सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो ।
त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको थियो । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गर्नुभयो । सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानी माथी पद्माशन गर्नुभएको थियो ।
यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिनुभयो ।