टेक्सस च्याप्टर अध्यक्षका आकाक्षीं चौलागाईलाई प्रश्न – चार जना भन्दा तपाईँको फरक योजना के छ ?
गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनको मिति नजिकिएसँगै प्रत्याशीहरू चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन् । चुनावी अभियानका क्रममा विभिन्न राज्यमा पुगेका छन् । मतदाताहरूसँग प्रत्यक्ष रूपमा भेटघाट हुँदा उम्मेदवार र मतदाताबिच प्रश्नोत्तर हुँदै राय, सुझाव अनि गर्नुपर्ने कामका विषयमा र उम्मेदवारका आफ्ना एजेन्डाका विषयमा छलफल समेत हुने गरेका छन् । सन् २०२३ /२०२५ कार्यकालको नेतृत्वका लागि जुलाई २२ र २३ तारिखमा हुने एनआरएनए अमेरिकाको निर्वाचनमा टेक्सस च्याप्टरको अध्यक्ष पदका लागि प्रदीप चौलागाइले आफ्नो उम्मेदवारी दिएका छन् ।
उनै अध्यक्ष पदका उम्मेदवार प्रदीप चौलागाइसँग हामीले उनको चुनावी एजेन्डा र भावी योजनाका विषयमा कुराकानी गरेका छौँ ।
सानै उमेरमा एनआरएनएप्रतिको मोह कसरी जाग्यो तपाईँलाई ?
मैले मेरो व्यक्तिगत तर्फबाट कुरा गर्नुपर्दा चाहिँ म सन् २०१९ देखि २०२१ सम्म टेक्सस च्याप्टरको कार्यसमितिभित्र रहेर यूथ कोअर्डिनेटरको भूमिकामा कार्य गर्ने अवसर पाए, त्यही सिलसिलामा सन् २०१९ /२०२१ को डेलिगेट नेपालमा आइसिसीको चुनाव हुँदा टेक्सस च्याप्टरको नेतृत्व गरेर नेपाल जाने अवसर मिलेको थियो त्यहीबाट नै एनआरएनए भन्ने संस्था चाहिँ हामी सबै नेपाली जो प्रवासमा बस्छौ,म पनि त्यसमा सामेल भए । मेरो बिजनेस करियर काम गर्दै जाँदा खेरि मैले मेरो व्यक्तिगत सेटलमेन्टको कुरामा बिजनेस पनि २०१८ देखि सुरु गरे । बिजनेसले पनि सफलता दियो । राम्रो गर्दै गए र केही पैसा कमाउन लागेपछि समुदायलाई पनि दिनुपर्छ भन्नुभएपछि नै म यो अभियानमा सरिक हुँदै आए ।यो संस्थाले गरिरहेको कामलाई हेर्ने अवसर पाए। यसलाई नै यो संस्थामा जोडिनु पर्दछ, गौरवान्वित बनाउनु भन्ने कुराले नै मोटिभेटेड गर्यो। त्यो भन्दा अगाडि पनि म एनआरएनएको गतिविधिलाई हेरिरहन्थे अनि मेम्बर पनि थिए ।
तपाई च्याप्टर अध्यक्षको उम्मेदवार भैरहँदा तपाईसहित अन्य चार जना मैदानमा हुनुहुन्छ,पाँच जना मैदानमा भिड्नुको साटो सबैका एजेन्डा, योजनालाई मर्ज गरेर तपाईहरु एकजनालाई सर्वसम्मत गराएर लैजान किन सक्नुभएन?तपाईँको त्याग त्यहाँ किन देखिएन?अर्को कुरा तपाईँहरूको च्याप्टरमा धेरै पदहरूमा निर्विरोध पनि हुनुभएको छ, अरू पदमा चाहिँ निर्विरोध हुने अध्यक्षमा चाहिँ पाँच पाँच जना लड्ने माहोल कसरी सिर्जना भयो र सहमतिका लागि तपाईले प्रयास चाहिँ किन गर्नुभएन ?
होइन फेरि पनि यो अभियानमा जति पनि साथी भाइहरू उम्मेदवारी बढाउनुभयो सबै साथीभाईहरुलाई धन्यवाद किनभने यसले के भन्छ भने हाम्रा धेरै युवाहरू जो अभियानमा जनाका लागि समाजसेवाका निम्ति जानका लागि तयार हुँदै छौँ भन्ने कुरा यसले दर्साउँछ, मिल्ने कुरामा यो चाहिँ अब हाम्रो समाज छुट्टै प्रकृतिको समस्याको विखण्डित छ, हामीले जहाँ जति ठुला कुरा गरे पनि धेरथोर विखण्डित छ । यसलाई मिलाउने कुरामा माथिल्लो लेभलबाट हामीले मिलाएर लैजानु पर्दछ । हाम्रो गौरवान्वित संस्थाको भ्यालु बढाउने सवालमा यसलाई मिलाएर लानुपर्छ भन्ने कुरामा अग्रजहरूले विचार राख्दिनु भएको थियो भने मिल्न सक्थ्यो होला । तर पनि आखिर कुनै समस्या थियो भने भन्ने चाहिँ मेरो विचारमा लाग्दैन किनभने जति धेरै साथीभाइहरू आउनुहुन्छ उहाँहरूले कसैले जित्ला कसैले र्हाला, सबैले बुझने अवसर पाउँछ । साथीभाइहरू यो अभियानमा लाग्नुपर्छ भन्ने कुरा स्वतः स्फुत हुन्छ ।
चार जना साथीको भन्दा चाहिँ तपाईँको फरक योजना के छ?
पहिलो कुरा त म के भन्छु भने हाम्रो व्यक्तिगत एजेन्डा भन्दा पनि एनआरएनए सँग आफ्ना छुट्टै एजेन्डाहरू छन् । हामीले त्यही एजेन्डालाई सफल बनाउन सक्यौ भने पनि हाम्रो संस्था यसै सफल हुन्छ । साथीभाइहरूले धेरै सपनाहरू देखाउनु हुन्छ जुन ती पुरा देखिँदैन । संस्थाको एजेन्डालाई फलो नगरेर, एजेन्डालाई सफल बनाउन नलागेर नै हाम्रो संस्था बिग्रिएको छ ।
भन्नुको अर्थ तपाईँको आफ्नो व्यक्तिगत कुनै एजेन्डा छैन? एनआरएनएको जुन अभियान छ,यसले खेलिरहेको जुन भूमिका छ त्यही नै तपाईँको साझा एजेन्डा हो?
मेरा आफ्ना व्यक्तिगत एजेन्डाहरू पनि छन् । म सँग मेरा एजेन्डा नहुने भन्ने पनि होइन । तर प्राथमिकताको आधारमा हामीले त्यसलाई फलो गरेर त्यसलाई सफल बनाउन लाग्यौ भने हामी सफल हुन्छौ भन्ने हो । जब व्यक्ति निर्वाचित भएर आउँछ सामाजिक संस्थामा मिलेर काम गर्ने सवालमा व्यक्तिले आफ्नो निर्णय गर्ने अधिकार प्रयोग गरेर समुदायमा मिलेर काम गरर्यो भने चाहिँ केही राम्रो सन्देश गैरआवासीय नेपालीहरूमा जाने र स्फुत रूपमा मेम्बरसिप बन्ने सोचमा आउँछ भन्ने चाहिँ मलाई लाग्छ ।
एनआरएनए अमेरिकाको टेक्सस च्याप्टरको जति पब्लिकमा त्यसको कामप्रति वा संस्थाप्रतिको आम सर्वसाधारणको माग अथवा उत्साह छ त्यो भन्दा सयौँ गुणा नेपाली समाज टेक्ससको काम गराई, समुदायप्रतिको जिम्मेवारी, उहाँहरूले गरेको कार्य क्षमता, कौशलता सबै हेर्दा नेपाली समाज टेक्सस तपाईँहरूको च्याप्टरभन्दा अर्थात् एनआरएनए अमेरिका टेक्सस च्याप्टर भन्दा अघिदेखि नै कार्य कुशलता सम्पादनको हिसाबले । गत वर्ष एनएसटीको निर्वाचनमा दुई वटा अध्यक्षले चुनाव लड्नुभयो, तर एनआरएनएमा गएर तपाईँको च्याप्टरमा पाँच पाँच जनाले निर्वाचन लड्दै हुनुहुन्छ, अब बताउनुस् त्यस्तो के फरक चिज देख्नुभयो तपाइले एनआरएनए अमेरिकाको टेक्सस च्याप्टरमा ? जसका लागि पाँच पाँच जनाले मरिहत्ते गर्नुभयो?
त्यसै पनि टेक्सस ठुलो छ, नेपालीहरू धेरै रहेको अमेरिकाको ठुलो स्टेट हो । यसमा चाहिँ के छ भने विभिन्न संस्थाहरूमा क्रेज बढी अनि यसमा घटिहुँदा हुँदैपनि स्थानीय संस्थाहरूमा नेपालीहरू अल्लि बढी सक्रिय हुन्छौ यो स्वाभाविक नै हो तर यो पहुँच अनि लहर हो जस्तो लाग्छ मलाई चाहिँ । कुनै व्यक्ति स्व स्फुत रूपमा सामाजिक सेवा गर्छु भनेर आएको छ भने कुनै व्यक्ति कसैबाट स्वचालित भएर आएको हुन सक्छ । अर्को कुरा म चाहिँ कसैबाट सञ्चालित व्यक्ति होइन । मेरो एउटै मात्र लक्ष्य के छ भने संस्थाको विकृतिलाई अन्त्य गर्न खोज्ने । कुनै पनि व्यक्ति कसैबाट सञ्चालित व्यक्तिले चाहिँ एनआरएनए च्याप्टर चलाउनु हुँदैन। यो चाहिँ एउटा स्वतः स्फुत व्यक्ति जसले चाहिँ कसैसँग पनि कुनै पनि कुराको निर्णय गर्दै गर्दा कसैसँग पनि दुई हात जोड्नु पर्दैन । त्यो व्यक्ति आयो भने संस्थालाई राम्रो बनाउन सकिन्छ ।
भनेपछि तपाई कसैको रिमोटको बटन चाहिँ होइन ।
म होइन । म स्वतः स्फुत रूपमा आएको हो । २ वर्ष टाइम मिलाएर सम्पूर्ण कुराहरू मिलाएर यो अभियानमा लागेको हो ।