Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

सबैले समाजवादका गीत गाए, तर जनताले केही पाएनन् : अध्यक्ष बास्तोला

काठमाडौं । नेकपा बहुमतका अध्यक्ष धमेन्द्र बास्तोलाले सबै नेपाली आन्दोलनमा आफुहरुले धोका पाएको टिप्पणी गरेका छन् । आज काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादको अपरिहार्यता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले,नेताहरुले समाजवादको गीत गाएर हिडेको तर केही परिवर्तन भने गर्न नसकिएको स्वीकार गरे । उनले भने ‘हामीहरुले धेरै धोखा खाएको छौं । नेपाली आन्दोलनहरुमा धेरै धोखा खाएका छौं। त्यो बेलामा केही परिवर्तनहरु त भए तर जनताको हातमा साशन व्यवस्था भएन् । जनताले धोका पाए ।

जनताले त्यसपछि यो समाजवाद भनेको के नै रहेछ र ? किनभने हिजो केपी ओलीले पनि समाजवादको कुरा गरेकै हो । सिपि मैनालीले पनि समाजवादको कुरा गरेकै हो । प्रचण्डले पनि समाजवादकै लागि संघर्ष गरे । सबै नेताहरुले समाजवादको गाना त गाए तर केही भएन् ।’नेपाली आन्दोलनले मुलुकको केही पाटोहरु परिवर्तन भए तर जनताको हातमा शासन व्यवस्था भने पुग्न नसकेको उनको भनाई छ

TOP