टेक्ससको इलेमेन्ट्री स्कुलको गोलीकाण्डप्रति एनआरएनए अमेरिकाद्वारा गहिरो दुख व्यक्त
टेक्ससको युभाल्ड़ी स्थित च्यदद भ्झिभलतबचथ प्राथमिक बिद्यालयमा भएको गोली प्रहारबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको जानकारी दिदैं एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धी सागर सुवेदीले यस घटनाप्रति गहिरो दुख व्यक्त गरेका छन् । अध्यक्ष सुवेदीले यस घटनाले अमेरिकामा बसोबास गर्दै आएका नेपाली र नेपाली मूलका अमेरिकीहरूलाई अत्यन्त आहत बनाएको बताएका हुन् ।
यस बिषयमा सामाजिक सञ्जाल मार्फत जारी गरेको शोक वक्तव्यमा उल्लेख भए अनुसार अमेरिकामा एक पछि अर्को बन्दुक प्रहारका घटनाले यहाँका नेपाली समुदायलाई भयभीत र दुखित बनाएको छ ।
इलेमेन्ट्री स्कुलमा १८ बर्षिय एक किशोरले अन्धधुन्द चलाएको बन्दुकको गोली लागेर यति ठुलो संख्यामा नाबालक मारिनुले सिंगो एनआरएनए अमेरिका परिवार स्तब्ध भएको बताउँदै अध्यक्ष सुवेदीले नेपाली मूलका मानिसहरू यो घटनामा नपरेको जानकारी दिएका छन् । साथै उनले भनेका छन् यद्यपि यो र यस्ता घटनाले अमेरिकामा बसोबास गर्दै आउनु भएका नेपाली र नेपाली मूलका अमेरिकीहरूलाई आहत बनाएको छ ।
यस्ता घटनाको न्यूनीकरणका लागि अमेरिकी सरकारले अथक प्रयास गर्दा गर्दै पनि बढ्दै गएको बन्दुक प्रहारको घटना प्रति संवेदनशील हुन साथै सबैलाई सुरक्षित र सतर्क रहन आह्वान आह्वान गरेका सुवेदीले घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभ र ज्यान गुमाएकाहरुप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन् ।