Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

पुस ११ बाट सुरु हुने माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनले लोगो सार्वजनिक गरेको छ । आउँदो ११ गतेदेखि काठमाण्डौमा सुरु हुँदै गरेको माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनको लोगो बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराबाट सम्मेलनको लोगो गरिएको हो । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ मुख्य नारा रहेको लोगोमा गोलाकार लोगोभित्र सबैभन्दा माथि विश्व कम्युनिष्ट नेताहरुको चित्र छ । त्यसभन्दा तल माओवादी पार्टीको झण्डा र चुनाव चिह्न बोकेको समूहको छाया चित्रभित्र पार्टी अध्यक्ष प्रचण्डको तस्वीर राखिएको छ ।

पार्टीको महाधिवशेन नभइ राष्ट्रिय सम्मेलन भएकाले देशभित्र र बाहिरबाट कुनै पनि अतिथिलाई आमन्त्रित नगर्ने बताईएको सम्मेलनबारे अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनबाट क्रान्तिकारी पार्टी र विचार निर्माण गर्ने बताएका छन् ।

१ हजार ५ सय ३३ जना सहभागी हुने सम्मेलनमा आयोजकबाट १ सय ७९, सल्लाहकारबाट १ सय ४९, ज्येष्ठ कम्युनिस्ट सदस्यबाट १ सय २५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १ सय २ , केन्द्रीय प्रतिनिधि २७, र पाँच प्रतिशत मनोनितबाट ७३ जना प्रदेश प्रतिनिधि ९ सय ८ सहभागी हुने भएका छन् ।

TOP