Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

एन्मामा नयाँ कार्यसमिति, अध्यक्षमा दाहाल

शिकागो, अमेरिकामा रहेका नेपालीहरुको पुरानो संस्था एन्मामा नयाँ कार्यसमिति चयन भएको हो । गत साता अनलाईनबाट सम्पन्न साधारण सभाले निर्बतमान महासचिव डाक्टर दिवकार दाहालको अध्यक्षतामा नयां कार्यसमिति बनाएको हो । यस अघी शिकागोमा हुने भनेको सम्मेलन कोरोना महामारीका कारण अनलाईनबाट भएको हो ।

सम्मेलनले बरिष्ठ उपाध्यक्षमा एनआरएन अमेरिकाका बोर्ड अफ डाईरेक्टर समेत रहेका तिलक केसीलाई नै दोहोरायको छ । नयाँ कार्य समिति चयन गर्नका लागि पुर्व अध्यक्षहरु राजेन्द्र खतिवडा, बाला घिमीरे लगायतको निर्बाचन समिती बनेको थियो ।

नयाँ कार्यसमितिका अन्य पदाधिकारीहरुमा सन्जय श्रेष्ठ र उर्मिला पन्थी उपाध्यक्ष त्यस्तै महासचिवमा डाक्टर ओम दाहाल, सचिवमा सन्तोष लामिछाने, कोषाध्यक्षमा बिष्णु न्यौपाने, मिडिया कोअर्डिनेटरमा खेम पाठक रहेका छन् । कार्यसमितिको सदस्यहरुमा बुद्धि ज्ञवाली, बिनोदराज त्रिपाठि, दुर्गा प्रसाद घिमीरे, शुरेस अधिकारी, देब बास्तोला, धिरेन्द्र न्यौपाने, डाक्टर केशब भट्राई, देब सडौला, सन्दीप सिंह र बिष्ण प्रसाद अधिकारी रहेका छन् । एन्मा मिडवेष्ट राज्यहरुमा बस्ने नेपालीहरुको ३५ बर्ष भन्दा लामो समयदेखी सकृय संस्था हो ।

TOP