Trending
युएस खबर संवाददातायुनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो महासंघ (अन्टीएफ)को नेतृत्वमा मास्टर गोर्खाली युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर

राजनीतिक दलका नेताले गणतन्त्र सेनालाई जिम्मा लगाएको पूर्वमन्त्री झाँक्रिको आरोप

पूर्व शहरी विकास मन्त्री रामकुमारी झाँक्रिले, राजनीतिक दलका नेताले गणतन्त्र सेनालाई जिम्मा लगाएको आरोप लगाएकी छिन् । सोमबार काठमाडौंमा आयोजित नेपाली परिवेशमा लोकतन्त्रका आयाम, विषयक विचार संवाद कार्यक्रममा उनले गणतन्त्र सेनालाई जिम्मा लगाएर राजनीतिक दलले आनन्द लिएको बताएकी हुन् ।

गणतन्त्र र लोकतन्त्रका लागि रगत बगाएका दलहरुले नै गणतन्त्र मनाउन अल्छि गरेको उनको तर्क छ । ‘ हामीले गणतन्त्र ल्याएको र मनाईदिन्छ सेना ।’ उनले भनिन् ‘गणतन्त्र सेना र प्रहरीको हातमा सुम्पिएर नेताहरु आनन्दले बसेका छन् । उनीहरु मनाउन समेत चाहादैँनन् ।’
राजनीतिक अस्थिरता र ज्यादतीपूर्ण कार्यले ठुलो संख्यामा युवाहरु बाहिरिएको उनको भनाई छ । उनले भनिन् ‘६२ —६३ आन्दोलनको माईबाप नै छैन् । अहिले त, सबैले सबैलाई गालि गर्ने । सबैले भएन् हैन, छैन् भन्ने । अनि भयो भनेर जिम्मा लिने को ? ’
सडकमा टाउको फुटाएर ल्याएको परिवर्तनको संरक्षणका लागि आफूहरु तयार रहेको बताएकी उनले ‘हामी लिन्छौं । सडकमा टाउको फुटाएर परिवर्तनमा लागेका हामी हौं यसको जिम्ममा हामी लिन्छौं । यसको माईबाप हामी छौं । ’ भनिन् ।

खराब राजनीतिकै कारण आज प्राप्त उपलब्धि समेत उल्लासपूर्ण बन्न नसकेको उनको टिप्पणी छ । ‘आज एसएलसी सकिए पछि युवाहरु बाहिर जान बाध्य छन् । सरकार अस्थिर, मन्त्री फेरिने , मन्त्री नआँदा सम्म सुनसान र मन्त्री आएपछि फेरि कार्यशैली र घमण्डपूर्ण व्यवहार र ज्यादतीले आज हामी यो दिनलाई हर्षोउल्लास सहित मनाईरहेका छैनौं ।’

 

TOP