Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

अर्थतन्त्र जोगाउन रेमिटेन्समै भर पर्ने प्रवृत्ति घातक : डाक्टर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डाक्टर शेखर कोइरालाले मुलुकको अर्थतन्त्र विकासका लागि रेमिटेन्समै भर पर्ने नीति सुर्धानु पर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले देशको अर्थतन्त्रलाई लामो समयसम्म रेमिटेन्सबाट जोगाउन र चलाउन सम्भव नभएको बताएकाहुन् । अर्थतन्त्रको मेरुदण्ड रेमिटेन्सबाट प्राप्तविदेशीमुद्रामात्रभएको भन्दै भएको उनले, अब वैकल्पिक राय र राजस्व क्षेत्रको खोजीहुनु पर्नेमाजोड दिए ।

उनले भने ‘हामी सबैलाई थाहा छ । अहिले हाम्रो अर्थतन्त्रको मेरुदण्ड भनेको रेमिटेन्सबाट प्राप्त विदेशी मुद्रामात्र भएको छ । यसले हाम्रो अर्थतन्त्रलाई जोगाएको मात्र छैन श्रीलंका र पाकिस्तानको जस्तो सङ्कटतर्फ जानपनि रोकेको छ देशको अर्थतन्त्रलाई चिर कालसम्म रेमिटेन्सबाट जोगाउन र चलाउन सम्भव छैन भन्ने शिक्षालिएर वैकल्पिक राय र राजस्व क्षेत्रहरूलाई खोज्नुपर्छ ।’उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि चुनौती थपिएकाले देशको अर्थतन्त्र निराशाजनक रहेको बताए । संसद्, सरकार र प्रतिपक्ष सबै एक ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधनगर्न आवश्यक रहेको उनको भनाई छ ।

TOP