सेवाभाव र उपाध्यक्ष पदको अनुभव सहित कृष्ण जिवी पन्थद्वारा बरिष्ठ उपाध्यक्ष पदमा उमेद्वारी दिने
गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिकाका बर्तमान उपाध्यक्ष कृष्णजिवी पन्थले नयाँ कार्यसमिती निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणागर्ने भएका छन् । एक दशक लाको समय देखी मेरिल्याण्ड राज्यलाई कर्मथलो बनाएर सामाजिक रुपमा क्रियाशिल पन्तले आशन्न निर्वाचन 2021-2023 का लागि छिट्टै नै एनसीसी बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उमेद्वारी घोषणा गर्ने बताएका छन् ।
नेपालमा तनहुँ जिल्लाका स्थायि बासिन्दा पन्त बर्तमान कार्यसमिती निर्वाचनमा उपाध्यक्ष पदमा वेष्ट क्षेत्रबाट सबैभन्दा बढी अर्थात ४६३९ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
गतिशिल, पारदर्शिता र सक्षम एनआरएनए भन्ने मुल नाराका साथ अघि बढेका उनि अमेरिकामा मात्र नभइ नेपालमा रहेका बिबिध समस्यामा समेत सहयोगका लागि तत्पर देखिन्छन् । सल्यानको विकट बस्तीमा प्रसुती गृह स्थापनाको सम्झौता, बाढि पिडितलाई सहयोग, तनहुँको बृद्धाश्रम र किरियापुत्री भवनमा सहयोग जस्ता मानविय सेवा र धर्मसंग सम्वन्धित कामहरुमा उनको ब्यक्तीगत र संस्थागत पहल तथा सहभागिता देखिदैं आएको छ ।
मातृभूमि नेपाल र अमेरिकामा रहेकाहरुको समस्यालाई नजिकबाट महशुष गरेर निस्वार्थ भावले समाजसेवाको यात्रामा हिँडिरहेका पन्थ एनआरएनए अमेरिकाको कार्याधिकार क्षेत्रलाई अझ सक्षम, वलियो र सबैले साझा पहुँचमा पुर्याउने उदेश्यका साथ एनआरएनएसंगको लामो आवद्धताका क्रममा मतदाता र यहाँ रहेका नेपालीबाट संस्थागत कमजोरीका बारेमा आउने गुनासोलाई ध्यानमा राखी संस्थागत पारदर्शिताको संस्कारका निम्ती उनले आवाज उठाउँदै आएका छन ।
जे होस् पन्तको अघिल्लो निर्वाचन साथै लोकप्रिय बिजयी छवि र कुशल नेतृत्व क्षमतालाई हेर्दा उनि बरिष्ठ उपाध्यक्षको जिम्मेवारीका निम्ती योग्य र अनुभवी उमेद्वारका रुपमा यस पटकको निर्वाचनमा पनि चुनावी मैदानमा देखिने भएका छन् ।