Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

पदबहाली गर्दै महासङ्घका अध्यक्षको प्रतिबद्धता- ‘सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउन पहल गर्छु’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारी अध्यक्ष चन्द्र ढकालले, इमान्दार भएर काम गरे स्वतः परिणाम देखिने बताएका छन् । आइतबार अध्यक्षको रुपमा औपचारिक पदभार ग्रहण गर्दै उनले आफूले इमान्दार भएर काम गर्ने र त्यसले स्वतः राम्रो परिणाम देखिने बताएका हुन् । नेपालका लागि आउने दिनहरु निकै नै राम्रो भएको उनको विश्वास छ ।
पदभार ग्रहणपछि उनले भने ‘यदि इमान्दार भएर काम गर्ने हो भने परिणाम आफैँ देखिन्छ । मेरो हिसाबमा नेपालमा अवसर नै अवसर छ जस्तो लाग्छ । आउने दिनहरु सबैको लागि राम्रो हुन्छ । ’
मुलुकको वर्तमान स्थिति सकरात्मक बन्दै गएको बताएका उनले सबैले सकारात्मक निरन्तरता दिने हो भविष्य उज्ज्वल रहेको बताए ।

त्यस्तै निवर्तमान अध्यक्ष शेखर गोल्छाले नयाँ आएको नेतृत्वले देशमा देखा परेको आर्थिक संकट समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

TOP