टेक्सासमा बन्दनाको “मारुनी”
नृत्यमा विश्व कीर्तिमान राखेकी धनकुटाकी २० बर्षिया बन्दना नेपालले नेपाली मौलिक कला संस्कृतीलाई बिश्वसामु चिनाउने उदेश्यले नेपाली मौलिक नाच सिकाउन अमेरिकामा मारुनी डान्स स्टुडियो सुरु गरेकी छन् । लगातार १ सय २६ घन्टा लामो समयसम्म नृत्य गरेर विश्व कीर्तिमान राख्नेकी बन्दनाले अमेरीकामा रहेका हरेक नेपालीहरुलाई मौलिक नृत्य सिकाउन अमेरिकाको युलेस शहरमा “मारुनी डान्स स्टुडियो” सञ्चालनमा ल्याएकी हुन् ।
नेपालले भारत स्थित केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर बनाएको विश्व रेकर्ड १२६ घन्टा अर्थात् लगातार पाँच दिन नृत्य गरेकी तोडेकी थिइन् ।
बेला बेला अमेरिकामा नेपाली कला संस्कृती झल्काउने कार्यक्रमहरु भईरहने गर्दछन् । तर अमेरिकामा नृत्य सिकाउने डान्स सेन्टर नभएको भन्दै उनले अमेरिकामा रहेका नेपालीलाई नेपाली मौलिक नृत्य सिकाउने उद्दश्यले युलेस सहरमा “मारुनी डान्स स्टुडियो” खोलेको उनले जानकारी गराईन् । यस डान्स सेन्टरमा आफु प्रशिक्षकको रुपमा रहने बताएकी छन् ।
सो डान्स स्टुडियोमा नेपाली संस्कृति झल्कने मारुनी, झ्याउरे, तामाङ सेलो, कौडा, देउडा, जुम्बा नृत्यका साथै नाच सम्बन्धी सैद्धान्तिक कक्षा समेत सञ्चालन हुने भएको छ । यहाँ स्टुडियोको समय तालिका अनुरुप नेपालीका साथ अन्य भााषीहरुले समेत नेपाली कलाको बारेमा अध्ययन गर्न सक्ने सञ्चालक बन्दना नेपालले बताएकी छन् ।
उनी ७ महिना अघि मात्र अध्ययनको शिलशिलामा अमेरिका पुगेको जनाएकी छन् । सानै उमेर देखि बहुप्रतिभाकी धनी रहेको नेपालको मुख्य रुची गीत संगीत, भ्रमणका साथै नृत्य क्षेत्रमा अगाडी बढ्ने सोच रहेको उनले बताईन् ।