Trending
युएस खबर संवाददाताअरुणिमा लम्साल अभिनित ‘घर बट इन अमेरिका’को टिजर सार्वजनिक युएस खबर संवाददातारवि लामिछानेविरूद्ध पोखरामा सहकारी पीडितको नाराबाजी युएस खबर संवाददाताझगडाको क्रममा गोली चल्दा अमेरिकाको मेरिल्याण्डमा एक विद्यार्थीको मृत्यु युएस खबर संवाददाताअमेरिकामा हत्या गरिएकी नेपाली विद्यार्थी मुनाको अन्त्येष्टि युएस खबर संवाददातालिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ युएस खबर संवाददाताक्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन युएस खबर संवाददातासामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी युएस खबर संवाददातागंगालालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु

क्यालिफोर्निया निवासी अनिल पाण्डेकी स्व.छोरी मनसुनको स्मृतिमा निखिल उप्रेतीको प्रवचनात्मक अन्तरक्रिया

अमेरिकाको क्यालिफोर्निया निवासी नेपाली समाजसेवी तथा मदर ल्याण्ड फाउण्डेशनका संस्थापक अनिल पाण्डेकी दिवंगत छोरी मनसुन पाण्डेको सम्झनामा काठमाण्डौंमा प्रवचनात्मक अन्तरक्रियाको आयोजना गरियो ।  नेपाली फिल्मका सुपरस्टार तथा समबोधी फाउण्डेशनका संस्थापक निखिल उप्रेतीको साथमा बिहिबार काठमाण्डौं स्थित नेपाली चुल्होमा बढ्दो आत्महत्या कारण र समधान विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नायक उप्रेतीले विश्वभर बढिरहेको आत्महत्या र युवामा फैलिरहेको मानसिक रोग, डिप्रेसन लाई नियन्त्रण गर्ने बिषयमा निखिल उप्रेतीले १ घण्टा प्रवचन सहित अन्तरक्रिया सञ्चालन गरेका थिए ।

समबोधी फाउण्डेशनका संस्थापक समेत रहेका नायक उप्रेतीले कार्यक्रममा पारिवारिक एकता नहुंदा बालबच्चाले गलत बाटो समाउने र त्यसले भविष्यमा नकारात्मक असर पार्ने बताउँदै आफ्नै बालबच्चासँग अविभावक नजिक हुन नसक्दा बाल मानसिकता गलत बाटोमा लाग्ने सम्भावना रहेको उल्लेख गरेका छन् ।

पछिल्लो पुस्तामा सामाजिक सञ्जालको नकारात्मक प्रभाव रहेको यथार्थलाई प्रकाश पार्दै नायक उप्रेतीले साथि साथि भेट्दा पनि मोवाइल चलाउने, परिवारसँग बस्दा पनि मोबाईल चलाउने, टिकटक र फेसबुकको लाइक गनेर खुशी हुने लगायतका बानीका कारण युवा पुस्तामा धैर्यता सक्किदैं गएको वर्तमान अवस्थाबारे सचेतनामूलक प्रवचन समेत दिएका हुन् ।

युवा पुस्तालाई ध्यानको मार्गमा लाग्न सुझाव दिँदै उप्रेतीले आफूमा आउने नकारात्मक भावलाई विस्तारै आफै पहिचान गरी सकारात्मक चिन्तन तर्फ अग्रसर हुन आग्रह गरेका छन् । आफुले सबैभन्दा धेरै माया आफैलाई गर्ने र आफूमा भरपुर आत्मविश्वास कायम राख्न सके जीवनमा आत्महत्या सम्बन्धि कुनै सोच नआउने उनले बताए ।

उद्यमी तथा सञ्चारकर्मी महेश रानाद्वारा सञ्चालिन कार्यक्रममा विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको थियो । केहि महिना अघिमात्रै मदर ल्याण्ड फाउण्डेशनका अध्यक्ष अनिल पाण्डेकी पुत्री मनसुन पाण्डेले आत्महत्या गरेपछि पुरै अमेरिका निवासी नेपाली समुदाय शोकमग्न भएको थियो ।

छोरी मनसुनको अप्रत्यासित आत्महत्याले मर्माहत बनेका पाण्डेले युवालाई आत्महत्याबाट दुरुत्साहित गर्न यस कार्यक्रमको आयोजना गरीएको आयोजक अनिल पाण्डेले जानकारी दिएका छन् ।

TOP