Trending

११ औं नेफ्टा अवार्ड अमेरिकामा: पत्रकार सम्मेलन गरि औपचारिक घोषणा-फस्ट लुक्स र व्यवसाईट सार्वजनिक

नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड ‘नेफ्टा’ फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्ससमा हुने भएको छ । आज अर्थात डिसेम्बर ७ तारिकका दिन बृहत पत्रकार सम्मेलन गरि अवार्डको ११ औं संस्करण टेक्ससको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने घोषणा गरिएको हो ।

अवार्डको औपचारिक घोषणा कार्यक्रम अन्तरगत आज राखियको पत्रकार सम्मेलनमा नेपाल तथा अमेरिकाका आयोजक संस्थाहरु र संचारकर्मी विच अवार्ड आगामी मे २७ तारिकका दिन आयोजना हुने औपचारिक घोषणा गरिएको हो ।

नेपाली सिने जगतका बरिष्ठ कलाकर्मी निर शाहको प्रमुख आथित्यतामा सम्पन्न पत्रकार सम्मेलनमा अवार्ड समारोहको मिति, स्थान, फस्ट लुक्स तथा आधिकारिक व्यवसाईट लगायत सहभागी हुने चर्चित कलाकर्मीको नाम सार्वजनिक गरिएको थियो ।

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्ड विषयक पत्रकार सम्मेलनमा नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाद्वारा जारी प्रेश विज्ञप्तीको पूर्ण पाठ वाचन सहित अवार्ड घोषणा गरिएको थियो ।

सार्वजनिक गरिनुका साथै अमेरिकाबाट मुख्य आयोजकका रुपमा रहेका यूयस खबर मिडिया नेटवर्क कर्पोरेशन, फेम नेपाल, ८८४८ मिडिया हाउस र आर्यन फिल्मसका प्रतिनिधिहरुको परिचयात्मक सहभागिता रहेको थियो ।

६ हजार ३ सय सिट क्षमता रहेको टेक्ससको ट्रस्ट सीयू थिएटरमा आयोजना हुने अवार्ड समारोहका संवद्ध पत्रकार सम्मेलनमा महानायक राजेश हमाल, बुद्धी तामागं नेपाल चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी, फेम नेपालका संचालक विमल पछाई, यूयस खबरका संचालक किशन रेग्मी लगायतले अवार्ड समारोहबारे आफ्ना धारणा राखेको थिए ।

नेफ्टा फिल्म अवार्ड अमेरिकामा आयोजना गर्नुको उदेश्य र महत्वबारे प्रकाश पारिएको कार्यक्रममा बोल्दै महानायक राजेश हमालले अमेरिकामा आयोजना हुन लागिरहेको अवार्ड समारोहको घोषणाले आफुलाई अत्यन्त खुसि तुल्यायको बताउदै एक कलाकारको नाताले आफ्नो साथ र सहयोग पूर्ण रुपमा रहने प्रतिवद्धता व्यक्त गरेका छन् । साथै हमालले प्रवासमा बृहत अवार्ड आयोजनाको लक्ष्य आफैंमा चुनौती समेत भएको उल्लेख गर्दै यस प्रकारका अवार्डले नेपाली चलचित्रलाई अन्तराष्टियकरणका लागि बाटो खोल्नमा ठुलो मद्यत मिल्ने बताएका छन् ।
अवार्ड वितरण बलिउड र हलिउडका चर्चित कलाकारबाट गरिने समेतको लक्ष्य लियको यस पटकको नेफ्टा अवार्डले चाडै नै नेपालमा पनि पत्रकार सम्मेलनको आयोजना गरिने जानकारि पनि दिएको छ ।

नेपाल अमेरिकाको विगत ७५ बर्ष लामो मित्रवत् सम्बन्धको अवसर समेतलाई प्रकाश पारियको कार्यक्रममा हलिउड कलाकार जस्मन्त श्रेष्ठ, अनलाईन खबरका विष्णु शर्मा, रंग पत्रकार विजय अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

TOP