Trending
युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित युएस खबर संवाददाताधनुषाधाम–१ को अध्यक्षमा माओवादीका केवट विजयी युएस खबर संवाददाताडालसमा तिन नेपाली संस्थाको रक्तदान कार्यक्रम, एकैदिन ११० जनाले गरे रक्तदान युएस खबर संवाददातातेघरी ब्यारेक कैलालीमा सेनाले शुरू गर्यो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम युएस खबर संवाददातानेपाल प्रहरीका ८ एसएसपी डीआईजीमा सिफारिस युएस खबर संवाददाताडालसमा आज कबवेभको लाईभ कन्सर्ट

रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको निर्वाचनमा चितवन २ बाट उमेद्वार रहेका रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पनि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेजीको लागि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।

उनको उमेद्वारी खारेजी हुनुपर्ने माग सहित राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

गृह क्षेत्र काठमाडौं छोडेर चितवनबाट चुनाव लड्दै गरेका रवि विरुद्ध चितवन–२ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि सिंगो संचार क्षेत्रमा यो समाचारले शिर्ष स्थान पाएको छ ।

रवि लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहने प्रावधान मिचेर उनले दुवै देशको नागरिकता प्रयोगमा ल्याएको उजुरीमा उल्लेख छ । रवि लामिछानेको उम्मेदवारी खारेज गरि पाउँ भनेर उजुरी प्राप्त भएपछि कानुनी व्यवस्था अनुसार उक्त उजुरीमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार समेत भै सकेको छ । निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने बताईएको छ ।

४७ बर्षिय लामिछाने सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व रेकर्ड कायम गरे पछि चर्चामा आएका थिए ।सन् २००७ सम्म नेपाली नागरिक रहेका उनि सन् २०१८ सम्म अमेरिकी नागरिक भएर अमेरिका बसेका थिए । उनि अमेरिकी नागरिक भएको भन्ने विवाद बढे लगत्तै उनले अमेरिकी नागरिकता परित्याग गरेका थिए ।

ग्यालेक्सी टेलिभिजन साथै संचारकर्म छोडेर असार ७ गते मंगलबार आफू पूर्ण रुपमा राजनितिमा लाग्ने घोषणा गरेर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका रविले भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी दर्ता गराएका थिए । चितवन त्यहि ठाउँ हो, जहाँ वि.सं. २०७६ सावनमा रविका पूर्व सहकर्मी शालिकराम पुडासैनीको हत्या भएको थियो । पुडासैनीको मृत्यु अघिको रेकर्डेड भिडियोमा उनले आफु आत्महत्या गर्दै गरेको र यसका लागि रवि लामिछाने र उनका सहकर्मी युवराज कँडेलको मुख्य हात रहेको बताएका थिए ।

त्यो भिडियोमा पुडासैनीले कसैको दवावमा आएर यि कुरा बताएका थिए भन्ने निष्कर्ष निकालियो तर आरोप झुटो भनिएपनि रविलाई ५ लाख धरौटीमा रिहा गरिएको थियो । रवि कयौं व्यक्तीगत घटनामा समेत निडर भएर बोल्दै आएको समयमा भएको घटना थियो यो । तर उनि स्वयंमाथिको आरोपलाई उनले सामान्य रुपमा लिईदिंदा असलमा पत्रकार पुडासैनीको हत्या कसले गरेको थियो आज सम्म आम जनता अन्यौलमा नै रहेका छन् ।

हत्या हुँदाको समयमा समेत आफ्नो प्रोफाईल फोटो रविको साथमा बसेको राखेका पत्रकार पुडासैनीले न्युज २४ छोडेको केही समयमा नै उनको हत्या भयो, आरोप रवि र उनका निकट सहकर्मीलाई लगाईयो र उनिहरु पक्राउ परे, हिरासत सहितको केही दिन थुनामा रहेको समाचारले देश विदेशका रविका प्रशंसक आक्रोसित बने । विसाल जन लहर आन्दोलनमा उत्रियो पनि र अन्तत रवि ५ लाख धरौटिमा रिहा भएका थिए ।

चितवनसँग आफ्नो गहिरो नाता रहोले चितवनको मायाले आफुलाई सो क्षेत्रको उमेद्वार बनाएको बताएका उनले आफु अप्ठेरोमा पर्दा चितवनका सडकहरुमा आफ्नो लागि नारा लागेको हुनाले चितवन हृदयसँग जोडिएको भन्दै चुनाव चिन्ह घण्टी सहित उनि चितवनका प्रतिनिधीका रुपमा उभिएका छन् । यो गहिरो नाता त्यहि घटनाका समय दिएको साथ हो, त्यो साथ सम्झिएका रविले आफुसंग काम गरेका पुडासैनीको हत्या अघिको भिडियोलाई सम्झीएका छन् कि छैनन् होलान् ? त्यो बेला आफुलाई लागेको आरोप र तिरेको ५ लाख धरौटी सम्झिएका छन् कि सामान्य सम्झेर विर्षिदिए होलान् ? कानुनले उनलाई बोल्न नदिएको भनिएको यो प्रकरण उनि सदनमा पुगेपछि बोल्न कसैले रोक्ला कि नरोक्ला ? हत्या जस्तो जगन्य अपराधमा मुछिएको आफ्नै नामलाई उनले न्याय पुर्याउन सक्लान् कि नसक्लान् ? पुडासैनीलाई नजिकबाट चिन्नेहरुको जिज्ञासा र आसा दुवैका रुपमा जन्मिएको प्रश्न हो यो ।

यस विचमा उनले संचारक्षेत्र नयाँ पुस्तालाई हस्तान्तरण गरेर आफु नयाँ पुस्ताको राजनितिज्ञ बन्न चाहेको बताउँदै आएका छन् । काठमाडौंका स्वतन्त्र उमेद्वार बालेन्द्र शाहको जित लगत्तै रवि लामिछानेले आफ्नो पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी राखेर देश बचाउन राजनिति रोजेको घोषणा गरेक गरेपछि उनको पार्टीको नाम आलोचित समेत बन्न पुगेको थियो । स्वतन्त्र उमेद्वारको चर्चा चलिरहेकै समय मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनको लक्ष्य राखेर रवि लामिछानेले पार्टी घोषणा गरेका थिए ।

आफ्नो प्रधानमन्त्री सम्मको लक्ष्य रहेको संकेत समेत गरिसकेका रविले आफू अन्तर्वार्ता लिने भूमिकाबाट दिने भूमिकामा अघि बढिरहेको बताएका छन् ।

रवि लामिछानेका ससुरा उद्धव पौडेल कमल थापा नेतृत्वको राप्रपा नेपालका नेता हुन् । संबिधान सभा र प्रतिनिधी सभा गरी काठमाण्डौ निर्वाचन क्षेत्र नं ४ बाट २ पटक निर्वाचन लडेका पौडेलका ज्वाईं रविले पनि ससुराकै पार्टीलाई साथ दिन्छन् कि भन्ने अनुमान धेरैको रहेको थियो । टेलिभिजनमा उनि चर्चामा रहेकै बखत निकिता पौडेलसंगको प्रेम विवाह गरेका उनि राप्रपा बन्ने अनुमान पनि सो समय धेरैले गरेका थिए ।

TOP