भारतमा आइफोन–१४ सिरिजका उपकरणहरूको उत्पादन सुरू
भारतमा आइफोन–१४ सिरिजका उपकरणहरूको उत्पादन सुरू गरेको छ । एप्पलको ग्लोबल पार्टनर फक्सकनले चेन्नइ नजिकै रहेको श्रीपेरुम्बुदुर फ्यासिलिटीबाट नयाँ आइफोन–१४ सिरिजका उपहरणहरू उत्पादन गर्ने भएको हो।
सन् २०२२ को अन्त्यतिर भारतीय बजारमा सार्वजनिक हुने अपेक्षा गरिएको उत्पादित आइफोन–१४ सिरिजका उपकरणहरू उत्पादन सम्बन्धमा भारतले यसका उपयोगिताबारे बताएको छ ।
आइफोन–१४ उत्पादन गर्न आफुहरु उत्साहित रहेको बताएको भारतले यसले हाम्रो उत्पादनको दायरा पनि फराकिलो बनाउनेमा सकारात्मक रहेको पनि बताएको छ ।
एप्पलका प्रवक्ता अमेरिकी प्रविधि वेबसाइट टेकक्रन्चका अनुसार एप्पल इंकले केही साता अघि मात्रै आइफोन–१४, आइफोन–१४ प्लस, आइफोन–१४ प्रो र आइफोन प्रो म्याक्स सार्वजनिक सम्बन्धमा खुसी व्यक्त गरेका छन् ।
टेकक्रन्चमा उल्लेख भए अनुसार भारतमै आइफोन–१४ सिरिजका उपकरणहरू उत्पादन हुने भएसँगै स्थानीय बजारको लागि आइफोन थप किफायती हुनेमा बजार आशावादी देखिएको छ ।
भारतलाई एक विश्वव्यापी आइफोन निर्माण हबमा परिणत गर्ने अनुमान गर्ने विश्लेषकहरूका अनुसार एप्पलले सन् २०१७ देखि भारतमा आफ्नो उपकरणहरूको उत्पादन सुरू गरेको हो। कम्पनीले सन् २०२५ सम्ममा यसलाई विश्वव्यापी बनाउने लक्ष्य लिएको छ ।