एनसीसी निवर्तमान अध्यक्ष रहेका शाह किन बने आईसीसी कोषाध्यक्ष ?
गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको आईसीसी निर्वाचनमा कोषाध्यक्ष पदमा चयन भएका सुनिल शाहले आफ्नो वक्तव्य जारी गरेका छन् । एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहेका शाहले वक्तव्य मार्फत कोषाध्यक्ष पदको आफ्नो उमेद्वारी र चयनको कारण,उदेश्य र योजनामाथी प्रकाश पारेका हुन् ।
संघको दसौं अधिवेशन तथा विश्व सम्मेलन सफलता पूर्वक सम्पन्न गर्नमा सहयोग पुर्याएको संघको निर्वतमान कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेका शाहले सम्मेलन अघिको संघप्रतिको जन चिन्ता र सरोकारका रुपमा रहेको आपसी तिक्तता हटाएर संघलाई एकतावद्व रुपमा लैजानु पर्ने आवश्यकतामाथी जोड दिएका छन् ।
संख्यात्मक रुपमा सबैलाई समेटेर अगाडि बढ्ने खालको संरचना रहेको यस पटकको नव निर्वाचित कार्यसमितीका कोषाध्यक्ष बनेपछि शाहले पद भन्दा कर्म ठुलो हुने उदाहरणका लागि आफ्नै पदिय हैसियतको प्रशंगलाई जोडेका छन् । एनसीसी अमेरिकाको निवर्तमान अध्यक्ष रहेका हैसियतले धेरैले शिर्ष पद मध्यका पनि कुनै उच्च जिम्मेवारीको दावी गर्ने आँकलन गरेको भएपनि उनले कोषाध्यक्ष पदमा उमेद्वारी दिएका थिए ।
सहमतीमा अगाडि बढ्दा कतिपय अवस्थामा एक कदम पछि सर्नु परेको स्पष्ट पार्दै शाहले पदका हिसावले सानो ठुलो भन्दा पनि काममा विश्वास गर्नु पर्ने धारणा राखेका छन् ।
नव निर्वाचित आईसीसी कोषाध्यक्ष शाहको प्रेस वक्तव्यको पूर्ण पाठ