Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

बच्चा चोरीमा संलग्न तीन जना पक्राउ

जनकपुरधाम २७ माघ: बच्चा चोरी आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-८ पगला बाबा नजिकैबाट बुधबार बच्चा चोरी गर्ने गिरोह पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी चोरी कार्यमा संलग्न रहेको आरोपमा धनुषा गणेशमान चारनाथ नगरपालिका-१० का संजित मुखियाकी ३५ वर्षीया श्रीमती मनीषा देवी मुखिया, औरही गाउँपालिका-१ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमती किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका-४ घर भई जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

जनकपुरधाम-७ बस्ने मोहम्म अमिर राइनका ७ महिने छोरा अख्तर आफ्ना ७ वर्षीया बहिनी एलिजा खातुनसँग घर नजिकै खेलिरहेको अवस्थामा बुधवार साँझ ६ बजे मनीषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किनेर ल्याइदिन भनेका थिइन् । एलिया कुरकुरे किन्न पसलमा गएलतै मनीषा अख्तरलाई लिएर भागेका थिइन् ।

घटना भए लगत्तै एलिजाले रातो साडी लगाएको महिलाले भाइलाई लिएर भागेको जानकारी गराएपछि सार्वजनिक सञ्चालन फेसबुक सहितमा बच्चाको फोटो राखी जनस्तरबाट पनि खोजीको कार्य भएको थियो ।

यता, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि घटनाको जानकारी पाए लगतै प्रहरी निरीक्षक विक्रम साहको नेतृत्वको टोली खोजतलासमा खटिएको थियो । प्रहरीले खोजतलासको क्रममा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम-१९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

मनीषासँगै पक्राउ परेकी महिला किरण राम र यादवले बच्चा चोरीमा सहयोग गरेको प्रहरीको भनाई छ । बच्चा चोरीमा सघाएर मनीषाले यादवलाई १३ हजारसमेत दिएको उनले बताए । उपरीक्षक रजौरेले मनीषालाई छोरा नभएकाले जसरी पनि छोरा चाहियो भनेर बच्चा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ ।

पक्राउ परेकाहरूमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको धनुषा प्रहरीले जनाएको छ ।

TOP