Trending
युएस खबर संवाददाताममताको मुद्धाको अन्तिम फैसलाको छलफल डिसेम्वर ९ देखि सुरु हुने युएस खबर संवाददातासरकारसँग ज्ञानेन्द्र शाहीको माग : जुम्लाको स्याउलाई बजार दिइयोस् युएस खबर संवाददाताअमेरिका भ्रमणबारे प्रधानमन्त्री ओली भन्छन्: नेपालको शिर ढल्नेगरी कुनै पनि काम गर्दिनँ युएस खबर संवाददाता‘बाबिन्का’आँधीका कारण सांघाईको जनजीवन प्रभावित युएस खबर संवाददाताराष्ट्रपतिद्वारा संसद्‌को चालु अधिवेशन अन्त्य युएस खबर संवाददाताअमेरिकाको एक विद्यालयबाट भागेका ८ वर्षीय बालक पोखरीमा मृत फेला युएस खबर संवाददातासहकारी ठगि प्रकरण: रवि लामिछाने दोषी ठहर युएस खबर संवाददातानारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

रविप्रति रघुवीरको कटाक्ष– बच्नका लागि राति म्याउम्याउ गर्दै बालुवाटार गएको होइन ?

एमाले सचिव तथा सांसद रघुवीर महासेठले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै आफू जोगिनका लागि राति राति बालुवाटार धाएको टिप्पणी गरेका छन् । संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महासेठले नयाँ नयाँ साधु सन्तले धेरै खरानी धसेको समेत बताए ।

‘नयाँ नयाँ साधु सन्तले निधारमा धेरै खरानी दल्ने गरेको छ । त्यो दलरे केही फाइदा हुँदैन,’ उनले भने, ‘भुटानी शरणार्थीको छानबिन भइरहेको छ । तीन पार्टीले बालुवाटारमा बसेर मिलाउने छलफल गर्दैछ । तर, को तीन पार्टी बोल्नु भएन । भन्न चाहन्छु यस्ता साथीहरू तीन पार्टी मात्र होइन । रातिको समयमा आफू बच्नका लागि रातिको समयमा बालुवाटर गएर म्याम्याउ  गर्नुभएको छ । त्यो पनि बुझेका छौँ ।’

तीन पार्टीलाई दोष देखाएर कोही निर्दोष नहुने महासेठको भनाइ छ । आज अरुको आलोचना गरेर आफू स्थापित हुन्छु नसोचे हुन्छ,’ उनले भने । यसअघि आजको संसद बैठका रास्वपाका सभापति रवि लामिछानेले तीन दल बालुवाटरमा बसेर भुटानी शरनार्थी प्रकरण मिलाउन लागेको त होइन भनेर आशंका व्यक्त गरेका थिए  । सोही विषलाई एमाले सांसद महासेठले कटाक्ष गरेका हुन् ।

TOP