Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

सिङ्गो एनआरएनएको नेतृत्व दावेदारीका लागि बद्री केसीको उमेद्वारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी निर्वाचनका लागि अध्यक्ष पदमा बद्री केसीले उमेद्वारी दर्ता गरेका छन् । संघको यही मार्च २४ र २५ मा हुने १० औं विश्वसम्मेल तथा महाधिवेशनका लागि वर्तमान आईसीसी उपाध्यक्ष्य केसीले अध्यक्ष पदमा बुधबार आफ्नो पौपचारिक उमेद्वारी दर्ता गराएका हुन् ।

यस अघि पनि पटक पटक उनले आईसीसी नेतृत्वका लागि प्रतीस्पर्धा गर्ने बताउँदै आएका थिए । बर्तमान उपाध्यक्षका हैसियतले पनि अध्यक्ष पदको दावेदारी स्वभाविक देखिन्छ । केसीले संस्थागत सुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधी, वैदेशिक रोजगारीलगायतका क्षेत्रका आफ्नो प्रतिबद्धता केन्द्रीत रहने बताउँदै उनले यस अघिका निर्वाचनमा जस्तै यस पटक पनि चुनावी यात्रामा आफुलाई सहयोग गर्न नेपाली समुदायसंग अनुरोध पनि गरेका छन् ।

सन् २००३ देखि एन्आरएनए अभियानमा आवद्ध केसी सन् २००७ मा एनआरएनए रुसको महासचिवमा निर्विरोध निर्वाचित भएका थिएभने सन् २००९ र २०११ मा केन्द्रीय सदस्य र सन् २०१३ मा कोषाध्यक्ष निर्वाचित भए।

सन् २०१४ मा जापानको टोकियोमा भएको सम्मलेनमा एनआरएनएको आर्थिक व्यवस्थापनका लागि डा। केसीले दशवर्षे योजना ल्याएका थिए। सन् २०१५ मा महासचिव बनेका केसीको सक्रियता र पहलमा ३० वटा देशमा संगठन विस्तार भएको थियो। २०१९ सम्म दुई कार्यकाल महासचिव बनेका केसी त्यसयता उपाध्यक्षका रुपमा निकै सक्रिय छन्। कोरोना महामारीविरुद्ध लड्न राहत सामग्री पठाउने तथा वितरण गर्ने कार्यका लागि सक्रिय केसीको राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषदबीचको सम्बन्ध सुदृढ पार्ने भूमिका पनि उल्लेखनीय छ।
वैदेशिक रोजगारीका लागि मलेसिया र मध्यपूर्वमा गएर अलपत्र परेका नेपालीहरुको उद्धार र राहतका क्षेत्रमा समेत केसीको उत्तिकै सक्रियता रही आएको छ। केसीको पहल र समन्वयमा एनआरएनएमार्फत् हालसम्म २५ हजारभन्दा बढी पीडितले राहत प्राप्त गरिसकेका छन्।
लामो समयसम्म एनआरएनएका विभिन्न भूमिकामा निकै सक्रिय र सफल भएका कारण अध्यक्ष पदका लागि केसीको उम्मेद्वारी निकै सशक्त देखिएको छ।
नेपालीहरुको बाक्लो उपस्थिति रहेका ८४ वटा देशमा हाल एनआरएनएको संगठन छ। तीमध्ये ६४ वटा देशमा राष्ट्रिय समन्वय परिषद्को चुनाव सफलतापूर्वक सम्पन्न भइसकेको केसीले बताए। उनका अनुसार ती देशबाट ३४ सयभन्दा बढी डेलिगेट्सहरु चयन भइसकेका छन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ह्यारी भण्डारीले अमेरिकी संसदमा प्रस्तुत गरेको दशै विधेयक निर्णायक विन्दुमा
अमेरिकी मुलका डेलिगेट ह्यारी भण्डारी, पीएचडी

प्रवेशसद्भावपूर्ण सहकार्यका लागि हार्दिक अनुरोध
मेरिल्याण्ड विधानसभामा प्रस्तुत गरिएको दशै विधेयक निर्णायक विन्दुमा प्रवेश गरेको छ। तल्लो सदन हाउस अफ एसेम्ब्लीमा सातजना सहकर्मी डेलिगेटहरूलाई सहप्रायोजन गर्न लगाएर ठूलो प्रयत्नका साथ यो विधेयक ज्द्यण्द्धडद्ध प्राथमिकताका साथ प्रस्तुत गरेको छु भने माथिल्लो सदन सिनेटमा सिनेटर रोजापेपेमार्फत् क्द्यण्द्धठण् क्रस–फाइल गराएर यसलाई पारित गराउन हरसम्भव प्रयास गरेको छु। चारवर्षे कार्यकालमा मैले अनापोलिस र डेमोक्रेटिक पार्टीमा निर्वाह गरेको भूमिका र हासिल गरेको विश्वसनियताकै कारण यो सबै सम्भव भएको हो।
दशैलाई नेपालमा उत्पति भएको सांस्कृतिक चाडका रूपमा प्रस्तुत गरिएको छ। असत्यमाथि सत्यको जीतको उत्सवका रूपमा यसलाई प्रस्तुत गरिएकोले नै यसले यति ठूलो समर्थन प्राप्त गरेको हो।
अमेरिकामा विधेयकलाई ऐन बनाउने लामो तर व्यवस्थित प्रक्रिया छ। हामी दर्ता हुँदै त्यसका अनेक प्रक्रिया पूरा गरेर सुनुवाइको प्रारम्भिक चरणमा प्रवेश गर्न लागेका छौं। यस चरणमा दुबै सदनका सम्बन्धित समितिमा सुनुवाइ हुनेछ। सिनेटमा यही मार्च १० मा र एसेम्बेलीमा मार्च १५ मा सुनुवाइ हुदैछ। हामीले यी दुबै सुनुवाईमा हाम्रो समुदायको ठूलो समर्थन देखाउन आवश्यक छ। म त्यसका लागि यहाँहरू सबैमा हार्दिक अनुरोध गर्दछु।
सिनेटका लागि दुई काम गर्न सकिन्छ–
१. सिनेटको सुनुवाइमा सहभागी भएर समर्थन गर्ने
मार्च १० दिनको १ बजे सिनेटमा सुनवाइ हुने भएकाले वासिङ्टन डीसी महानगर क्षेत्र तथा बाल्टिमोर आसपासमा रहनु भएका नेपाली संघ–संस्थाका प्रतिनिधिहरू वा सर्वसाधारण स्वतस्फूर्त रूपमा उपस्थित भएर समर्थन गर्न सक्नुहुन्छ। थप जानकारीका लागि मेरो कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।
२. विधेयक प्रायोजक सिनेटर रोजापेपेलाई धन्यवाद समर्थन इमेल गर्ने
इमेल पठाउनुहोस् ः वष्m.चयकबउभउभ२कभलबतभ.कतबतभ.mम.गक
सिनेटर रोजापेको यो इमेल ठेगाना वष्m.चयकबउभउभ२कभलबतभ.कतबतभ.mम.गक मा धेरैभन्दा धेरै इमेल पठाएर आफ्नो समर्थन जनाउन र उहाँलाई धन्यवाद ज्ञापन गर्न सक्नुहुन्छ।
एसेम्बेलीका लागि निम्न काम गर्न सकिन्छ–
संस्थागत÷व्यक्तिगत रूपमा धेरैभन्दा धेरै लिखित टेस्टीमनी (वकपत्र) इमेल गर्ने
त्यसका लागि यो लिंक जततउकः÷÷mनबभिन.mबचथबिलम.नयख÷उगदक…÷अगचचभलत–जनय–ाबत्रक.उमा मा गएर मार्च १३ रातिसम्म इमेल पठाइसक्नुपर्ने छ।
लिखित टेस्टीमनी (वकपत्र) को बोधार्थ इमेल गर्ने
विधेयकको प्रायोजक भएकाले मलाई यो ठेगाना जबचचथ.दजबलमबचष्२जयगकभ.कतबतभ.mम.गक मा लिखित टेस्टीमनी (वकपत्र) इमेल गर्न सक्नुहुन्छ ।
मैले यस संसद सत्रमा प्रस्तुत गरेका ७ विधेयकमध्ये सबैभन्दा प्राथमिकतामा राखेको विधेयक दशै विधेयक नै हो। त्यसैले म यसलाई तार्किक निस्कर्षमा पुर्याउन हरसम्भव प्रयत्न गरिरहेको छु। यो प्रयत्नलाई साकार बनाउन मलाई हाम्रो समुदायको समथर्न रहेको देखाउनु छ। त्यसैका लागि मैले यहाँहरू सबैलाई विनम्र निवेदन गरेको हुँ।
मलाई आशा एवं विश्वास छ, हामी सबैले होस्टेमा हैंसे गर्यौ भने दशैलाई नेपालमा उत्पति भएको सांस्कृतिक चाडको रूपमा अमेरिकामा मान्यता प्राप्त हुने छ, त्यसका लागि अब हामी एक कदम मात्र टाढा छौं।
यहाँहरूको सहयोग र सद्भावको हार्दिक अपेक्षासहित,
डेलिगेट ह्यारी भण्डारी, पीएचडी
मेरिल्याण्ड हाउस अफ एसेम्बली, डिस्ट्रिक्ट ८

TOP