अमेरिका-चिन तिक्तता : अमेरिकाले हङकङवासीलाई दिंदै आएको बिशेष सुविधाहरु खारेज
अमेरिकाले हङकङलाई दिंदै आएको बिशेष सुविधा खारेज गरेको छ । हङकङमा चीनले हस्तक्षेप बढाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङवासीलाई दिँदै आएको विशेष सुबिधा खारेजी प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।
चिनले हङकङको स्वतन्त्रता साँधुरो बनाएपछि राष्ट्रपति ट्रम्पले अमेरिकाले हङकङलाई दिईँदै आएको विशेष दर्जा अन्त्य गर्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेसंगै अव यो सुविधा खारेज भएको छ ।
ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले अव हङकङसँग पनि अमेरिकाको सम्बन्ध चिनसंग जस्तै हुने बताएका छन् ।
हङकङको अधिकार सीमित गर्नुका साथै चीनमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा समेत हस्ताक्षर गरेका ट्रम्पले अव हङकङसंग कुनै बिशेष र संवेदनशिल अधिकार, ब्यापार र प्रविधीको निर्यात नहुने स्पस्ट पारेका छन् ।
पछिल्ला वर्षहरुमा चीनले हङकङको स्वतन्त्रता तथा स्वायत्तता कुण्ठित गर्दै गएपछि पश्चिमा देशहरु असन्तुष्ट देखिएका छन् । जसको फलस्वरुप अमेरिकाले हङकङसँगको विशेष व्यापारिक सहितको सम्बन्ध तोड्न लागेको हो । एजेन्सि