बाल यौन दुरुपयोगको मुद्दामा अभिनेता शाहलाई उच्च अदालत पोखराद्वारा सफाइ
पोखरा । बाल यौन दुरुपयोगको मुद्दामा शाहलाई उच्च अदालत पोखराद्धारा सफाइ दिएको छ । उनि भोली रिहा हुने भएका छन् ।
बाल यौन दुरुपयोगको केशमा जेल सजाय भोगीरहेका अभिनेता पल शाहले सफाई पाएका छन्। उच्च अदालत पोखराले अभियोग नपुगेको भन्दै उनलाई सफाइ दिएको हो । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिएको हो । योसँगै पल भोलि नै रिहा हुने बताइएको छ । जिल्ला अदालत नवलपुरले शाहलाई साढे दुई जेल सजाय तोकेको थियो । त्यस्तै शाह माथि सोहि प्रकारको मुद्दामा जिल्ला अदालत तनहुँले पनि सफाई दिएको थियो ।
बाल यौन दुरुपयोगको मुद्दामा शाहलाई उच्च अदालत पोखराद्वारा सफाइ दिएको छ । उनि भोली रिहा हुने भएका छन् । बाल गायिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा उनि १ बर्ष देखि जेल जिवन बिताइरहेको छन् । सुरुमा बलात्कार अभियोगमा जेल गएका शाहलाई बलात्कार मुद्धामा कुनै प्रमाण भेटिएको थिएन । बलात्कार मुद्धामा सफाई पाएका शाहले यौन दुर्व्यबहार गरेको बिषयमा भने कैद सजाए पाएका थिए ।