Trending
युएस खबर संवाददातास्पेनको ह्युल्भामा लगातार १२ घण्टा भारी वर्षा हुने चेतावनी युएस खबर संवाददातासगमारथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार युएस खबर संवाददातालक्ष्मीपूजाको दिन विद्युतको माग गत वर्षभन्दा एक सय ६४ मेगावाट बढी युएस खबर संवाददाताभक्तपुरका नेवार समुदायले भोलि नै भाइटीका लाउने युएस खबर संवाददाताइंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित युएस खबर संवाददाताराति यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात हुने सम्भावना युएस खबर संवाददातारविलाई तिहारलगत्तै बुटवल लगिने युएस खबर संवाददाताउपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने

संविधानको सफल कार्यान्वयनको लागि प्रतिवद्ध छौँः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार नयाँ संविधानको सफल कार्यान्वयनको लागि प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री दाहालले जारी गरेको विज्ञप्तीमा नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउन वर्तमान सरकार कटिबद्ध रहेको पनि बताइएको छ । उनले देशको शान्ती, समृद्धि र स्थायित्वको जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ,‘मुलुक विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारीक अभ्यासको चरणमा पुगेकोले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउन सरकार प्रतिबद्ध छ । शान्ती समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व हाम्रा सामु छ ।’

१५३ औं लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा प्रधानमन्त्रीले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई समाजवादको आधार निर्माणको अभियानमा सहभागी हुन समेत अपील गरेका छन् ।

 

TOP