अमेरिकी राज्य सभा निर्वाचन सुरु: ६० हजार नेपाली मुलका मतदाताले मतदान गर्दै
अमेरिकामा आज अर्थात नोभेम्बर ८ तारिकका दिन भइरहेको राज्य संसद तहको निर्वाचनमा यस पटक ६० हजारको हाराहारीमा नेपाली मुलका मतदाता रहेका छन् । अमेरिकाका विभिन्न राज्यमा रहेका नेपालीमध्य करिव ६० हजार नेपाली अमेरिकी निर्वाचन मतदाताका रुपमा कानुनत योग्य प्रमाणित भएको भएको संख्या हो ।
नेपाली मुलका उमेद्वारहरु मेरिल्याण्ड राज्यका लागि ह्यारी भण्डारी जो दोस्रो कार्यकालका लागि दावेदारका रुपमा देखिएका छन् भने न्यूर्योक सिटी काउन्सिलबाट सरहाना श्रेष्ठ उमेद्वारका रुपमा चुनावी प्रतिस्पर्धामा रहेको यस निर्वाचनमा नेपाली मतदाता बढ्नुले नेपाली उमेद्वारको मत बढ्ने आधार सृजना गरेको छ ।
नेपाली मतदाताको संख्या उल्लेखनिय भएकाले यस निर्वाचनमा अन्य मुलका उमेद्वारलेहरु पछिल्लो समय नेपाली समुदायसंग सहकार्यमा देखिंदै आएको छ । जसको पछिल्लो उदाहरणका रुपमा अमेरिका भरमा सबै भन्दा धेरै नेपाली मुलका मतदाता रहेको टेक्सस राज्यमा यतिबेला पाकिस्तानी मुलका सलमान भोजानीले सहकार्य प्रस्ताव सहित टेक्ससका नेपालीहरुसंगको भेटघाटलाई महत्वमा राख्दै आएका छन् ।
नेपाली समुदायका लागि उल्लेखित मतदाता संख्या हाल सम्मकै सबै भन्दा बढी उच्च हो । अमेरिकी नागरिकता लिनेहरुको संख्या ठुलो भएकै कारण अमेरिकाले नेपाली मुलका उमेद्वारलाई पनि प्राथमिकतामा राख्ने वातावरण बन्दै गै रहेको छ ।
सन् १९८९ मा ३५ जना मात्र नेपाली अमेरिकन नागरिकता लिएको अमेरिकामा उल्लेखित तथ्यांक अनुसार पछिल्लो ७ बर्षमा मताधिकार प्राप्त गर्ने नागरिकको संख्या उच्च रुपमा बृद्धी भै रहेको छ । यस अबधिमा ३५ हजारको हाराहारीमा थप नेपालीले नागरिकता प्राप्त गरेका छन् ।
सन् २०१५ सम्म अमेरिकामा जम्मा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका थिए । ७ बर्ष यता यो संख्या बढेर २०२२ को अन्त्य सम्म आईपुग्दा ६० हजार हाराहारीमा पुगेको हो ।
अहिले प्रतिनिधिसभामा डेमोक्रेटिक पार्टीको बहुमत रहेको छ भने सिनेट पचास पचासमा विभाजित रहेको छ । आज भै रहेको निर्वाचनले संसदमा कुन पार्टीको नियन्त्रण कायम रहने भन्ने कुराको निर्धारण गर्नेछ ।