भिम बिसी र एलिना चौहानको आवाज र अभिनयमा ‘ऐना हेरी-हेरी’ सार्वजनिक (भिडियो)
गायक भिम बिसीको नयाँ गीत सार्वजनिक भएको छ । शिवराज योगीको शब्द तथा गायक बिसी स्वयंको संगीत रहेको ऐना हेरी हेरी बोलको गीत गायिका एलिना चौहानसंगको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो ।
प्रेमिल आभाषमा मधुर संगीतले सुन्दर बनेको यस गीतको संगीत संयोजन बिश्व अधिकारी रहेको छ । गायक भिम र गायिका एलिना स्वयंलाई प्रस्तुत गरिएको यस गीतको भिडियोलाई प्रविण भट्टले निर्देशन गरेका हुन् । अजय रेग्मीको छायांकनमा निर्माण भएको भिडियोलाई निर्देशक भट्ट स्वयंले सम्पादन गरेका हुन् ।
साहारा, टालाटुली बटुली, घिटी घिटी लगायतका गीतहरुमा संगीत र स्वर दिएका भिम बिसी नेपाली संगीतकर्मी र स्रोतामाझ कुशल संगीतकर्मीका रुपमा परिचित छन् ।