Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित घोषणा भए लगत्तै रूसी राष्ट्रपति पुटिनको शुभकामना

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नव निर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन । अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडेनको जित भएको पुष्टि गरेसंगै रूसी राष्ट्रपति पुटिनले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् ।

रूसी राष्ट्रपति पुटिनले समानता र पारस्परिक सम्मानका सिद्धान्तमा आधारित रुसी-अमेरिकी सहयोगले दुबै देश र समस्त अन्तर्राष्ट्रिय समुदायका जनताको हित हुने भन्दै बाइडेनलाई सफल राष्ट्रपतिय कार्यकालको शुभकामना दिएका छन् ।

अमेरिकी प्रणालीअनुसार मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् र ती इलेक्टोरल कलेज सदस्यहरुले राष्ट्रपतिका लागि मत दिन्छन् । इलेक्टोरल कलेजले बाइडेनको जित पुष्टी गरेसंगै अव अमेरिकामा राष्ट्रपती जो बाइडेन रहने आधिकारिकताको बाटो खुल्ला भएको छ ।

नोभेम्बर ३ मा भएको चुनावमा बाइडेनले ३०६ इलेक्टोरल मत पाएका थिए भने उनको विपक्षी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका थिए । डेमोक्र्याटिक उम्मेदवार बाइडनले ट्रम्पलाई चुनावमा हराएर राष्ट्रपति चुनिएका हुन् । बाइडनले देशव्यापी रूपमा ट्रम्पको भन्दा सात करोड बढी मत ल्याएका छन्।

नव निर्वाचित राष्ट्रपति बाइडेनले अब आउँदो जनवरी २० तारिखमा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ ।

TOP