Trending
युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी युएस खबर संवाददातासान् फ्रान्सिस्कोमा १ हजार ५ सय  जनाले लिए राहदानी युएस खबर संवाददातानेजाको नवौं अधिवेशन लस भेगसमा हुने युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व

न्याम्सको निमित्त उपकुलपतिमा डा. भुपेन्द्र बस्नेत नियुक्त

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा प्रा. डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै बस्नेतलाई निमित्त उपकुलपतिमा नियुक्त गरेका हुन् ।

गत फागुन ३० मा प्रा. डा. डीएन शाहको ४ वर्षे कार्यकाल सकिएसँगै न्याम्सको उपकुलपति पद रिक्त थियो । पद रिक्त भएको लामो समय बितिसक्दा पनि सरकारले न्याम्सको उपकुलपति नियुक्त गर्न सकेको थिएन । जसका कारण शैक्षिक कार्यक्रममा ठूलो असर परेको विज्ञहरूले बताउँदै आएका थिए ।

सरकारले निमित्तसमेत तोक्न नसक्दा शैक्षिक गतिविधि शून्य हुने भन्दै सरकारको चर्को आलोचना हुँदै आएको थियो ।बस्नेत यसअघि वीर अस्पतालका निर्देशक थिए ।

TOP