शिक्षा विभागमा अखिल (क्रान्तिकारी)को १६ बुँदे माग, पुरा नभए आन्दोलन गर्ने चेतावनी
माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले काठमाडौं महानगरको शिक्षा विभागलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार क्रान्तिकारीका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज यादव ढुंगाना ,काठमाडौं जिल्ला अध्यक्ष लक्ष्मण बस्नेत र काठमाडौं महानगर समिति संयोजक भरत महताराले ज्ञापन पत्र बुझाएका हुन् ।
अखिल (क्रान्तिकारी)ले ज्ञापन पत्रमार्फत विभिन्न मागहरु राखेका छन्, उक्त मागहरु पूरा नभए सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
संविधानमा व्यवस्था भएसम्म विद्यालय पूर्ण रुपमा नि(शुल्क शिक्षा कार्यान्वयन हुन पर्ने ,कानुन भन्दा बाहिर गएर शुल्क लिने विद्यालयहरुलाई तुरुन्त कारवाही गर्नुपर्ने । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका लगायत सम्पूर्ण कर्मचारीहरुका छोरा छोरी सोहि विद्यालयमा अध्यापन गराउनुपर्ने ।
निजि विद्यालयले दिनुपर्ने छात्रवृत्तिको विवरण सार्वजनिक गर्नु पर्ने साथै प्रक्रियालाई पारदर्शी बनाउनु पर्ने संगसंगै जनयुद्ध ,जनाअन्दोलन लगायत परिवर्तनकारी आन्दोलनका सहिद ,बेपत्ता र घाइते परिवारका सन्ततिलाइ विशेस छात्रवृत्तिको ब्यबस्था हुन पर्ने । विदेशी पाठ्यक्रम ,विदेशी नामाकरण र विदेशी व्यवस्थापन तथा सम्बन्धनबाट संचालित सबै विद्यालयहरु तुरुन्त खारेज हुन पर्ने ।
विद्यालयमा नियमित स्वास्थ्य जाँच हुन पर्ने त्यसको लागि प्राथमिक उपचार केन्द्रको व्यबस्थापन सहित स्वास्थ्य सहायक दरवन्दी तुरुता खडा गर्नुपर्ने लगायतका १६ बुदेँ माग राखी ज्ञापन पत्र बुझाएको छ । साथै अखिल(क्रान्तिकारी)ले ७२ घन्टामा माग पुरा नभए आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी दिएको छ ।