Trending
युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ युएस खबर संवाददातानेपालगन्ज म्याराथनका संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त युएस खबर संवाददाताअक्षर: सृष्टिको आधार र मानव जीवनमा यसको महत्त्व युएस खबर संवाददातानेपालीभाषी भुटानीमाथिको अन्यायको विरुद्ध हरि खनालको खुला पत्र युएस खबर संवाददाताउपन्यास ‘भुसको आगो’ को कोलम्बसमा विमोचन युएस खबर संवाददातादशौं धारा नेपालगन्ज म्याराथनको उपाधी खडक र सन्तोषीलाई युएस खबर संवाददातासानफ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने युएस खबर संवाददातासप्तरी डाक्नेश्वरी ४ को अध्यक्षमा जसपा,नेपालका यादव निर्वाचित

नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते नेकपा स्थापना दिवस मनाउने

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने भएको छ । शुक्रबार सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै, २००६ साल अप्रिल २२ मा कम्युनिष्ट पार्टी स्थापनाको सम्झना स्वरुप काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको उनले बताए ।

उनले भने ‘कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । काठमाडौंमा एउटा केन्द्रीय कार्यक्रम हुनेछ । त्यस्तै प्रदेश र जिल्लामा आ आफ्नो अनुकुलता अनुसार कार्यक्रम हुनेछन् । देश व्यापी रुपमा कार्यक्रम गर्न पार्टीले निर्देशन दिएको छ ।’ उनले पार्टी स्थापनाको अवसरमा नेता न्यौपानेको प्रस्ताव पार्टीविपरीत भएको बताए।
त्यस्तै उनले पार्टी छोडेर गएका नेता मुकुन्द न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको जानकारी थिए ।
नेता न्यौपानेले पार्टीमा राखेको प्रस्तावमाथि छलफल नगरेको भन्दै लगाएको आरोप खण्डन गर्न समेत लायक नभएको उनको भनााई ।

 

TOP