Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

नेपाल एयरलाइन्सको दुबई–काठमाडौं रुटको उडानमा सबै क्रु मेम्बर महिला

काठमाण्डौं– अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले नयाँ इतिहास बनाएको छ । एयरलाइन्सको आजको दुबई–काठमाडौं रुटमा उडेको ए ३२० जहाजको सबै क्रु मेम्बर महिला रहेको छ् । जसमा पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले जहाज उडाएका हुन् ।

एयरहोस्टेस समेत सबै महिला राखेसँगै यो उडानको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालेका हुन् । यो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका छन् ।

दुई दिन अगाडि चालक दलको यसै जोडीले यो जहाज दुबई लगेको थियो । जुन आफैंमा इतिहास थियो । आज ११३ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नेपाल एयरलाइन्सले यो संयोग जुराएको हो ।

TOP