Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

पशुपतिका अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं । काठमाडौँ महानगरपालिकाले, पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशनसहितको अल्टिमेटम दिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले जानकारी दिए । उनलेले भने ‘ पशुपति क्षेत्र विकास कोषकै पहल १७ गते पत्राचार गरेर औपचारिक सौन्दर्यीकरण र अतिक्रमण गरिएका संरचना हटाउन हटाउने कामकै निरन्तरता स्वरुप यो काम भएको हो ।’त्यसमा महानगर र वडा कार्यालयले पनि आ आफ्नै ढंगबाट यसमा काम भइरहेको उनको भनाई छ । बुधबार कोषले महानगरलाई पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैध रुपमा निर्माण भएका संरचना, सम्झौता विपरीतका व्यवसाय, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोहीअनुसार महानगरले हिजो बिहिबार अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो।

TOP