८ बर्ष पछि बल्झेको बलत्कारको मुद्धालाई कसरी संबोधन गर्लिन् सुन्दरी उपमेयर सुनिताले ?
अन्तत: सबैको शिर्ष चासो बनेको काठमाडौं महानगरपालिकाको मतगणना सम्पन्न भयो । अपत्यारिलो शैलीमा देखिएका २ युवाको हातमा महानगरको जिम्मेबारी मतदाताले सुम्पिदिए । बालेन र सुनिता ३२ र २९ बर्षिय युवायुवती हुन् ।
संयोगले सुनिता उपमेयर हुँदै गर्दा सौन्दर्य प्रतियोगितामा भएको बलत्कार र व्ल्याकमेलिङले आत्महत्या सम्मको प्रयास गरेकी एक युवतीको घटना बाहिर आएको छ । जो ८ बर्ष पहिले १६ बर्षकी किशोरी हुँदा बलात्कृत हुनु परेको थियो र त्यस पछिको ६ महिना लगातार व्ल्याकमेल गरिदाँ उनि डिप्रेसनको चरम अवस्थामा पुग्नु परिरहेको छ ।
काठमाडौंकी उपमेयर सुनिता पनि सौन्दर्य प्रतियोगिताबाट चर्चामा आएकी हुन् । उनि नेवार समुदायको सौन्दर्य प्रतियोगिता मिस नेवा सन् २०११ की विजेता हुन् ।
उनले आफ्नो चुनावी प्रतिवद्धतामा कार्यस्थलमा महिलालाई सुरक्षित ढंगले काम गर्ने वातावरण मिलाउने, महिनावारीको बेला महिलाहरुलाई गाह्रो हुने भन्दै त्यो बेला उनीहरुलाई विदामा बस्न मिल्ने गरी नीति तथा कार्यक्रम ल्याउने, महिलाहरुलाई पुरुष सरह ज्याला पाउने प्रबन्ध लगायत उल्लेख गरेकी छन् । यसलाई हेर्दा पनि उनि महिला अधिकारका सवालमा खरो उत्रनु पर्ने हुन्छ । उनले बलत्कार र व्यालमेलिङ सम्बन्धी कानुनका लागि आवाज उठउनु पर्ने पहिलो घटनाका रुपमा रहेको यस ८ बर्ष पुरानो बलत्कार केस उनका सामु उभिएको छ ।