Trending
युएस खबर संवाददाताअमेरिकाद्वारा नेपालीहरूका लागि TPS अन्त्य गर्ने निर्णय, हजारौं प्रभावित हुने युएस खबर संवाददाताचलचित्र निर्देशक तथा पत्रकार पोखरेललाई पितृ शोक युएस खबर संवाददातानेजाको नवौं अधिवेशनको तयारी पूरा ।  युएस खबर संवाददाताछापा पत्रकारिता: सम्भावना र रणनीति युएस खबर संवाददाताभारतले सिन्धु जल सम्झौता स्थगित गरेमा पाकिस्तानमा पर्न सक्ने असरहरू युएस खबर संवाददाताशिक्षक र शिक्षा: राष्ट्रको मेरुदण्डमाथिको निरन्तर उपेक्षा युएस खबर संवाददातानेजाले भर्जिनियामा मनायो १८औं स्थापना दिवस युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ

बाना निर्वाचन: २ प्यानल नै एमाले निकट देखिएपछि बाल्टिमोरका मतदातामा अन्यौलता

बाल्टिमोर एशोसियशन अफ नेप्लिज ईन अमेरिका ‘बाना’  यतिबेला चुनावी प्रतिस्पर्धात्मक दौरानमा छ । अप्रिल ३ आइतबारका दिन हुँदै गरेको बाना निर्वाचन किन पनि चर्चामा छ भने यस पटकको निर्वाचनमा एमाले निकट दुई सहकर्मी बिच प्रतिस्पर्धा मात्र होईन मत मतान्तरको आपसी कलह नै सृजना भएको छ । मा

यस पटकको निर्वाचनमा वर्तमान अध्यक्ष सुवोध बिलास पन्त र बरिष्ठ उपाध्यक्ष हिरा गुरूङ बाना नेतृत्वको दावेदारीमा उभिएका छन् । डायस्पोरिक निर्वाचन उसै पनि चर्चामा रहने अमेरिकाको नेतृत्व दावेदारीमा एउटै राजनितिक आस्थाका उमेद्वार उठेपछि बानाका अन्य एमाले निकट मतदाता सदस्यमा कसलाई भोट हाल्ने भन्ने अन्यौलता पनि सृजना गरेको छ ।

अमेरिकामा रहेका एमाले निकटहरुको संस्था प्रवासी नेपाली एकता मञ्चमा समेत आवद्ध उनिहरु कार्यगत हिसावले बानामा लामो समय संगै काम गरेका सहकर्मी हुन् ।

दुबै प्यानलले आआफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरिसकेको पन्त र गुरूङ आ आफुमा नै शालिन कलहमा देखिन्छन् । पन्त आफुले अध्यक्षको एक कार्यकाल काम गरेपनि नेतृत्व दावेदारीका लागि देखिएका मध्य आफु उमेरमा सबै भन्दा कान्छो भएको र वर्तमान कार्यकालमा सुरु गरेका कामहरु पुरा गरेर त्यसकै आधारमा नयाँ कामसंग जोडिने वातावरण सृजनाका लागि आफुलाई विजयी गराउन अनुरोध गर्दै नेतृत्वको दाविमा छन् ।

यता गुरूङले भने पन्तलाई पदिय लोभ भएको आरोप लगाउँदै एक कार्यकाल अध्यक्ष भैसकेर पनि दोहोरिन चाहनु अरुलाई मौका नदिने प्रवृद्धीको उपज भएको बताएका छन् । उमेरका आधारमा पटक पटक पद दावि गर्नु अमिल्दो कुरा भएको आसय सहित उनले पन्त कार्यगत आधारमा आफु भन्दा जेठो भएको तर्क अघि सारेका छन् । साथै उनले व्यांग्यात्मक भावमा अरुलाई मौका नदिने सोच र प्रवृद्धी भएको मान्छे उमेरले अपरिपक्क भएपनि सोचाईले पाको हुने समेत बताएका छन् ।

हिजोको निर्वाचनमा दुवै शिर्षपद पाएका उनिहरु अहिले बाना नेतृत्वको वाक लडाईमा देखिएका छन् र उनिहरुका समर्थक पनि आ आफ्ना समर्थनका तर्क सहित सामाजिक संजालमा उत्रिएका छन् ।

कोभिड पेन्डामिकका कारण धेरै काम अधुरो रहेकाले नेतृत्व पदमा पुरानालाई नै दोहोराउदाँ फाईदा हुने वताउँदै आएका पन्त प्यानलमा धेरै पदका उमेद्वार दोहोरिएका छन् ।
यता गुरुगं प्यानलमा भने परिवर्तनको नारा सहित नयाँ अनुहार चुनावी मैदानमा उत्रिएका छन् । पन्तमाथी गुरुगंले व्यक्तिवादी सोचले पराकाष्टको आरोप लगाएका छन् भने पन्तले एकताको मुल मर्मबाट बाहिरिएर संस्थागत गतिशिलता भन्दा अनुहार फेरिने प्रवृद्धीकै कारण २ बर्षमा नसकिने धेरै काम अधुरो बन्न जाने तर्क अघि सारेका छन् । आन्तरिक पौठेजोरीकै बिचमा गुरूङले यो पनि घोषणा गरेका छन् कि यदि यस निर्वाचनमा आफु अध्यक्ष निर्वाचित भए अर्को निर्वाचनमा उनि उमेद्वार हुने छैनन् ।

धेरैमा मत विभाजनको अन्यौलता देखिएको भएपनि अन्य संघ संस्थाको निर्वाचनलाई हेर्दा समेत अध्यक्ष दोहोर्याएर आउने र बरिष्ठ उपाध्यक्षले अध्यक्षको दावेदार गर्ने पुरानै चलन हो । तसर्थ यो सामान्य भयो र अर्को कुरा यस पटकको निर्वाचन नेतृत्वकै लागि देखिएर यति चर्चित बन्नु अघि वर्तमान कार्य समितीको शिर्ष २ पद एमाले आस्थाकै पहुँचमा रहेछ भन्ने पुन स्मरण गराएको पनि छ यो चर्चाले ।

आ आफ्ना प्यानलमा देखिएका उनिहरु मध्य जसले जितेपनि एमाले आस्थाको जीत हुनेछ तर एमाले आस्थालाई आफ्नो ठाउँमा राखेर बाना पदाधिकारी मात्र बन्न सके यो प्रतिस्पर्धामाथी एकताको प्रश्न उठाउनु पर्ने आवश्यकता पनि छैन । तर हरेक संघ संस्थाको निर्वाचनमा ‘राजनितिबाट माथि उठेर सामाजिक सेवा गरौं’ भन्ने नारा, भाषण र घोषणा पत्रमा समेत उल्लेख गर्ने गरेको आधारमा राजनिति पक्कै छ संघ संस्थामा भन्ने सन्देश पनि प्रवाह भएको छ र यो सत्य पनि हो । यदि राजनिति नै छैन त्यहाँ भने पटक पटक यो हटाउनु पर्ने कुरा आयो कसरी ? जवाफ यहीँ छ ।

TOP