Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

एमालेलाई सापकोटाको आग्रह : टोपबहादुरलाई इमानदारिताका साथ बुझाउनुस्

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नक्कली शरणार्थी ठगी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीलाई इमानदारिताका साथ बुझाउन एमालेलाई आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सापकोटाले प्रधानमन्त्री प्रचण्डले बोलेका कुरालाई एमालेले विषयान्तर गर्न खोजेको भन्दै भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिबद्ध हो भने टोपबहादुरलाई बुझाउन आग्रह गरे ।

प्रचण्डले भ्रष्टाचारी माथि सरकारले टेलर देखाएको अब फिल्म देखाउन बाँकी छ भन्ने अभिव्यक्तिलाई एमालेले खिसीटिउरी गरेको बताउँदै उनले भने,‘एमाले भ्रष्टाचारीलाई कारबाही गर्न इमानदार हो भने तपाईँहरू विषयान्तर नगर्नुस्, सम्माननीय प्रधानमन्त्रीले बोल्नुभएका कुरालाई जे खिसीटिउरी गरिराख्नुभएको छ, तपाईँहरूलाई नै त्यसले नाङ्गो बनाइराखेको छ । इमानदारितापूर्वक टोपबहादुर रायमाझीलाई कानुनको दायरामा ल्याएर बुझाउनुहोस्, त्यसैमा तपाईँहरूको कल्याण छ । म चुनौती दिन चाहन्छु विषयान्तर गर्ने, खिसिटिउरी गर्ने र छापामार शैलीमा सदन कब्जा गर्न खोज्ने तपाईँहरूको शैलीलाई राजनीतिक ढंगले प्रस्तुत गरेन ।’

TOP