Trending
युएस खबर संवाददाताअमेरिकी राजदूत थम्पसनले दिए परराष्ट्रमन्त्री राणालाई बधाई युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित

मनाङलाई हराउँदै शीर्ष स्थानमा उक्लियो जाउलाखेल

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा जाउलाखेल युथ क्लबले मनाङ मर्स्याङ्दीमाथि सानदार जित हात पारेको छ र, लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार च्यासल मैदानमा भएको खेलमा जाउलाखेलले मनाङमाथि ३–० को जित निकालेको हो ।

खेलमा जाउलाखेलले चौथो मिनेटमै मसोअबिको गोलबाट आग्रता लिएको थियो । बाँकी दुई गोल भने इन्जुरी टाइममा भयो ।

निर्धारित ९० मिनेटको खेल सकिएपछि थपिएको पाँचौं मिनेटको पहिलो मिनेटमा फोफानाले गोल गरे । अन्तिम मिनेटमा मसोअबिले व्यक्तिगत दोस्रो गोल गरेपछि जाउलाखेलले महत्वपूर्ण तीन अंक हात पार्‍यो ।

यो जितसँगै जाउलाखेल ९ खेलबाट १७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै शीर्ष स्थानमा उक्लिने मौका गुमाएको मनाङ १५ अंकका साथ तेस्रो स्थानमा छ ।

TOP