Trending
युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट युएस खबर संवाददाताकाभा महिला च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग पहिलो खेल खेल्दै युएस खबर संवाददातावर्षाले राष्ट्रिय सभागृह जलमग्न युएस खबर संवाददाताअमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण युएस खबर संवाददाताकाठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो युएस खबर संवाददाताओमानको समुद्रमा तेल ट्यांकर पल्टिँदा १३ भारतीयसहित १६ जना बेपत्ता

सबै व्यवसायीहरुको ऋण मिनाहा हुनुपर्ने व्यवसायी दुर्गा प्रसाईको माग

काठमाडौं । व्यवसायी दुर्गा प्रसाई ऋण तिर्न नसक्ने व्यवसायीहरुको ऋण मिनाहा गर्न सरकारसंग माग गरेका छन् । आज मंगलबार काठमाडौंमा आयोजीत लघुवित्तिय संस्थाहरूको ज्याद्दती विरुद्ध भन्दै आयोजना गरिएको विरोध प्रदर्शनमा बोल्दै उनले ऋण तिर्न सक्नेहरुको लागि नभई निमुखाहरुको लागि ऋण मिनाह गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘सबै सहकारी,लघुवित्त र बैंकहरु राष्ट्रियकरण हुनुपर्छ । राष्ट्रले सबै जफत गरेर सबैको ऋण मिनाहा हुनुपर्छ । तपाई टाई लगाएर हिड्नेहरुले तिर्न सक्नु हुन्छ भने तिर्नुस तपाईहरुले तिर्न पाउनुहुन्छ । हैसियत भएका ५५ जना व्यापारी र सामन्तहरुको लागि मैले आन्दोलन गरेको हैन् ।’सबै सहकारि,लघुवित्त र बैंकहरु राष्ट्रियकरण हुनुपर्ने त्यसलाई जफत गरेर सबैको ऋण मिनाहा गर्नुपर्ने उनको भनाई छ ।

उनले अब गणतन्त्रको अन्त्य हुन लागेको तर्क गरे । ‘सबै नेताहरुको अब लगभग लगभग गणतन्त्रको अन्त्य भईसकेको छ । तपाईहरुको गणतन्त्रले आज काहीलाई माईतिघरमा आएर बास बस्ने बनायो । तपाईहरुको गणतन्त्रको फल यहि हो ।’

TOP