Trending
युएस खबर संवाददातामौनताको अन्त्य: अब राष्ट्रका प्रबुद्ध वर्ग बोल्नुपर्छ युएस खबर संवाददाताWSN IT द्वारा “MeroNEP” iOS मोबाइल एप सार्वजनिक युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै युएस खबर संवाददाताआफ्ना कर्मचारीले तलव नपाए सबैलाई टुकुचामा गाड्दिने मेयर बालेनको चेतावनी युएस खबर संवाददातापत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी अन्तरक्रिया युएस खबर संवाददाताजय नेपाल फाउन्डेसनले बनायो ग्लोबल महिला नेटवर्क युएस खबर संवाददातासिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प युएस खबर संवाददातासुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी

सिराहमा मास्क नलगाइ हिँड्ने ६४ जना पक्राउ

सिराहमा मास्क नलगाइ हिँड्ने ६४ जनालाई प्रहरीले एकै दिन पक्राउ गरको छ । लक डाउनको अभज्ञा गर्दै बिना माक्स बाहिर हिँडिरकका उनिहरुलाई मंगलबार पक्राउ गरिएको हो ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सोमबार गृह मन्त्रालयले मास्क नलगाई हिड्नेलाई पक्रा गर्न निर्देशन दिएको थियो । दिनानुदिन बढ्दै गएको संक्रमित र मृतकको संख्यालाई ध्यानमा राखी गृह मन्त्रालयले घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको हो ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दुरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही सुरु गरिएको छ ।

स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क बिना बाहिर हिँडडुल गर्ने माथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको मन्त्रालयले यस्ता ब्यक्तीहरुलाई कार्वाही गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सरकारले असार १ गतेबाट लागू हुनेगरी लकडाउन खुकुलो बनाएसंगै मानिसहरु बिना माक्स सामुहिक रुपमा हिडडुल गर्न थालेका छन् । मन्त्रालयका अनुसार लामो समय देखीको लकडाउनले देशमा असहज अवस्था सृजना भएपछि सुरक्षित तवरले लकडाउन खुकुलो बनाउने सरकारको प्रयासलाई सर्वसाधारण सहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले उल्लंघन गर्न थालेपछि यस प्रकारको निर्देशन गरिएको हो ।

TOP