Trending
युएस खबर संवाददातानवौँ महिला एसिया कपमा नेपाललाई पहिलो सफलता, यूएई ६ विकेटले पराजित युएस खबर संवाददातान्यूरोडको फुटपाथ विस्तारको विरोधमा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल युएस खबर संवाददाताएक हप्ता बित्दा पनि भेटिएनन् त्रिशूलीमा खसेका २ बस युएस खबर संवाददाताट्रम्पको दाबी: म राष्ट्रपति भएको भए रुस-युक्रेन युद्ध कहिल्यै हुने थिएन युएस खबर संवाददातान्युरोडको फुटपाथ विस्तारको विरोधमा उत्रिए स्थानीय युएस खबर संवाददाताबिहे गरेको वर्ष दिनमै दुबईकी राजकुमारीले गरिन् डिभोर्स युएस खबर संवाददाताअमेरिकामा विश्वकप आयोजना गर्नु आईसीसीका लागि अभिषाप सावित युएस खबर संवाददाताहर्क साम्पाङका समर्थकद्वारा पत्रकार धमलामाथि कुटपिट

अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यास सुरु

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले आफ्नो वार्षिक ग्रीष्मकालीन सैन्य अभ्यासहरू सुरु गरेपछि प्योङयाङले त्यहाँको सत्ताधारी दलको उच्च स्तरीय बैठक बुधबारका लागि बोलाइएको छ ।

सत्तारुढ मजदुर पार्टीको बुधवारको केन्द्रीय समितिको पूर्ण बैठकमा ‘कोरियाली क्रान्तिलाई विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने’ र पार्टीको ‘युद्ध कुशलता’ लाई बढाउने कुराको निर्धारण गर्ने प्योङयाङको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले मंगलबारको समाचारमा उल्लेख गरेको छ ।

यस वर्ष कोरोनाभाइरस महामारीको कारण बैठक तथा सभा सम्मेलनलाई कम गरिएको भएपनि सैन्य अभ्यासको थालनीसँगै पार्टीको महत्वपूर्ण बैठक बोलाइएको हो ।

उत्तर कोरियाले बैठकका अन्य बिषयहरूलाई सार्वजनिक गरेको छैन । उत्तर कोरियामा केही समय पहिले भएको अविरल वर्षापछि बाढी, डुवान तथा पहिरोले व्यापक क्षति पुर्‍याएको थियो ।

त्यस्तै उत्तर कोरियामा संयुक्त राष्ट्रसंघको नाकावन्दी र कोभिड–१९ सङ्क्रमणका कारण उत्तर कोरियामा आर्थिक सङ्कट देखिएको प्योङयाङबारे जानकार कोरियाली प्राध्यापक तथा विश्लेषकहरूले बताएका छन् ।एपी

TOP